मानिसले जे रोप्दछ त्यसैको कटनी गर्दछ

919भ्यु
विषयसूची

बाइबलमा “मानिसले जे रोप्छ त्यसैको कटनी पनि गर्नेछ” भनिएको छ (गला ६:७-९) । केराउ रोप्यो भने केराउ फल्छ, र रातो सिमी रोप्यो भने रातो सिमी नै फल्छ केराउ फल्दैन । त्यसै गरी हामीले रोपेको कुरा र सुसमाचारको निम्ति गरेका सबै कामहरू पनि जस्ताको तस्तै प्रकट भएर तोकिएको समयमा फल फल्नेछ ।

किसानले मजाले खेत जोतेर बिउ छरे तापनि उसले गर्ने हेरचाह र समर्पणले नै त्यो बिउलाई राम्रोसँग बढ्ने गराउँछ । माटो साह्रो भएको, किसानले राम्ररी नजोतेको र झारहरू पनि नउखेलेको खेतमा राम्ररी फल फल्दैन, र फल फलिहाल्यो भने पनि त्यो बलियो हुँदैन । एक इमानदार किसानले खेत राम्रोसँग जोत्छ, र बिउ छर्दा पनि धेरै टाढा वा धेरै नजिक होइनकि ठीक ठाउँमा छर्छ । इमानदारितापूर्वक काम गर्ने किसानले सबै बाली कटनी गर्छ भने हेलचेक्र्याइँ गर्ने किसानले चाहिँ भुस मात्र जम्मा गर्छ । आत्मिक किसान भएका हामीले पनि असल फल फलाउनको निम्ति सहृदयले परमेश्वरको वचन छर्नुपर्छ । हामीहरू इमानदारितापूर्वक सुसमाचारको बिउ छरौं । हामीले दिएको समर्पणले फलको प्रचुरता र त्यसको मजबुती निर्धारण गर्दछ ।

परमेश्वरले निस्तार-चाड लिएर आउनुभई हामीलाई विपत्तिहरूबाट सुरक्षा पाउने आशिष् र अनन्त जीवन दिनुभयो । विपत्तिको युगमा निस्तार-चाड अत्यन्तै महत्त्वपूर्ण छ । परमेश्वरले बाइबलमा “तिमीहरू पश्चिमतिर बादल उठ्दैगरेको देखेर झट्टै भन्दछौ, ‘पानी पर्ने रहेछ,’ र त्यसै हुन्छ । जब दक्षिणी बतास चल्छ तब तिमीहरू भन्छौ, ‘गर्मी हुनेछ,’ र त्यसै हुन्छ” भन्ने वचन दिनुभएको छ (लूक १२:५४-५७) । किसानले मौसम हेरेर, पश्चिमतिर बादल उठ्दैगरेको देखे भने बाली भित्र राख्छ, र दक्षिणी बतास चलेको देखे भने बाली बाहिर राख्छ । त्यसै गरी हामीले पनि विपत्ति झरिरहेको देख्यौं भने, वर्तमान समय कस्तो समय हो भनी छुट्‌ट्याएर शीघ्र निस्तार-चाडको बारेमा सुनाई मानिसहरूलाई सियोनमा डोऱ्याउनुपर्छ । यो संसारमा अरू शरणस्थान नभएकोले वर्तमान समयमा मानिसहरूले ‘सियोनतिर भागेर जाओ,’ र ‘निस्तार-चाडको छाप लगाइएकाहरूलाई केही हानि हुनेछैन’ भन्ने वचन सुने भने तिनीहरूले त्यसलाई खुसीसाथ ग्रहण गर्नेछन् । हामीहरू वचनलाई जमिनमुनि नगाडी उचित समयमा त्यसलाई प्रयोग गरौं । पछि गएर कुनै पछुतो नहुनको लागि हामीहरू आफूले चिनेकाहरूलाई मात्र नभएर आफ्नो छेउबाट भएर जाने सबै मानिसहरूलाई सियोनमा आएर निस्तार-चाडको छाप पाउन सक्ने गरी साहसका साथ सुसमाचार सुनाऔं ।

पिताले, सर्वोत्तमचाहिँ प्रेम हो भन्ने वचन दिनुभएकाले हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेमद्वारा परमेश्वरको काखमा डोऱ्याऔं । हालसालै नयाँ गरी बप्तिस्मा लिएका सन्तहरूले, यो संसार निकै कठोर र विभिन्न कठिनाइहरू भएको ठाउँ भए तापनि, सियोन मात्र एउटा यस्तो ठाउँ हो जहाँ एकदमै न्यानो आभास हुन्छ भनेर आफ्नो महसुस साझा गर्नुभयो । सत्यता बहुमूल्य भए तापनि, उहाँहरूको मनलाई प्रभावित तुल्याएर सियोन आउन मन लाग्ने गराउने कुरा नै यही न्यानोपना हो । यो संसारको जीवन सजिलो छैन र आफ्नो लागि वास्ता गरिदिने व्यक्तिहरू पनि खासै नहुने भएकाले सियोनमा आउँदा एउटा न्यानो बोलीले पनि सान्त्वना प्रदान गर्छ र मैत्रीपूर्ण अभिवादनले पनि बल प्रदान गर्छ । हाम्रा पिता प्रेम हुनुहुन्छ । प्रेमचाहिँ न्यानो गरी व्यक्त गरिन्छ । हामीहरू अभिवादन गर्दा पनि कोमलतापूर्वक अभिवादन गरौं र एक वाक्य बोल्दा पनि नम्रतापूर्वक बोलौं । एक आत्मा बाँच्ने वा मर्ने भन्ने कुरा हाम्रो मनोवृत्तिमा निर्भर हुन्छ ।

पिताले सुसमाचारका कामदारहरू नियुक्त गर्नुहुँदा हेर्नुहुने पहिलो कुरा नै विश्वास हो र अर्को चाहिँ सन्तहरूप्रतिको मनोवृत्ति हो । हामीसँग सही सत्यता छ भने हाम्रो बाहिरी स्वरूपले पनि अरूलाई प्रभावित पार्नुपर्छ । हामीले चिसो वा उदासिन व्यवहार देखाउँदै सत्यतालाई भित्रै लुकाएर राख्नुहुँदैन । हामीहरू अझ न्यानो भएर मृत्युतर्फ गइरहेका ती थुप्रै आत्माहरूलाई परमेश्वरको काखमा डोऱ्याऔं । बाली प्रशस्त कटनी गर्नको लागि किसानमा बालीप्रतिको प्रेम हुनुपर्छ । जे रोप्छ त्यसैको कटनी गर्छ भन्नाले आफूले गरेको कार्यअनुसार परिणाम पाउने कुरालाई जनाउँछ । गाह्रो वा कठिनाइ हुँदा अझ प्रेमले भरिएको पक्ष प्रकट गर्नुपर्छ । आफूलाई रिस उठेकोले रिसालु स्वरूप प्रकट गरेर रिस रोप्नुहुँदैन । हामीले धैर्यतापूर्वक सहेर प्रेम रोप्यौं भने चिन्ता गर्नुपर्ने कुनै कारण नै रहनेछैन । प्रेम धेरै रोप्यो भने प्रेमको फल फल्नेछ, र अरू कुराहरू रोप्यो भने त्यसैअनुसार कटनी गरिन्छ । हामीहरू प्रेम धेरै रोपेर प्रेमको फल पनि प्रशस्त फलाऔं ।

अहिलेसम्म सुसमाचारको कार्यमा कडा परिश्रम गरिदिनुभएकोमा धन्यवाद । केही कठिनाइ भयो भने पितासँग व्यग्रतापूर्वक प्रार्थना गरौं । प्रार्थना गऱ्यौं भने पिताले त्यो निश्चय नै पूरा गरिदिने प्रतिज्ञा गर्नुभएकाले, हामीले पितासँग व्यग्रतापूर्वक प्रार्थना गऱ्यौं भने सबै काम सहज हुनेछ । प्रेमद्वारा दाना फल प्रशस्त फलाएर स्वर्गमा गई पिताबाट प्रशस्त इनाम र प्रशंसा पाउने सियोनका सन्तानहरू हुनुहुनेछ भनी आशा गर्दछु ।