बारम्बार सोधिने प्रश्नहरू

माता परमेश्वरको बारेमा पहिलो चोटि सुनेका व्यक्तिहरूको प्रश्नसम्बन्धी बाइबलीय उत्तर यहाँ छ ।

Q.
एलोहिम भनेको के हो ?

हिब्रू भाषामा ‘एलोहिम’ भनेको बहुवचन शब्द हो, जसले ‘परमेश्वरहरू’ भन्ने अर्थ बोकेको छ । हिब्रू भाषामा लिखित पुरानो करार मूल ग्रन्थमा, परमेश्वरलाई जनाउने शब्दलाई प्रायः ‘एलोहिम’ भनिएको छ । ‘परमेश्वर’ अथवा ‘ईश्वर’लाई एकवचनमा ‘एल्’ अथवा ‘एलोहा’को सट्टामा ‘एलोहा’को बहुवचन शब्द एलोहिम भनेर करीब २,५०० पटक प्रयोग गरिएको छ । यसले, परमेश्वरचाहिँ केवल पिता परमेश्वर मात्र चाहिँ अस्तित्वमा हुनुहुन्न भन्ने अर्थ हो । त्यसैले परमेश्वरले आफूलाई ‘हामी’ भनेर बहुवचनमा व्यक्त गर्नुभएको हो (उत १:२६, सरल नेपाली)।

Q.
माता परमेश्वर को हुनुहुन्छ ?

माता परमेश्वरचाहिँ पिता परमेश्वर सँगसँगै सब थोक सृष्टि गर्नुभएका सृष्टिकर्ता परमेश्वर, र मानव-जातिका मुक्तिदाता हुनुहुन्छ । ६ दिनमा यावत् थोक सृष्टि गर्नुभएका परमेश्वरलाई उत्पत्तिको पुस्तकमा ‘हामी’ भनेर बहुवचनमा अभिव्यक्त गरिएको छ (उत १:२६, सरल नेपाली बाइबल) । अनि परमेश्वरले, बाबेलको धरहराको निर्माण कार्य रोक्नुहुँदा, अथवा अगमवक्तालाई पठाउनुहुँदा पनि “हामी तल ओर्लेर गई” र “हाम्रा निम्ति को जाने ?” भन्नुभएको छ (उत ११:७-८; यशै ६:८) । यो नै ‘हामी’ भन्नुभएका पिता परमेश्वर र माता परमेश्वरले सृष्टिको कार्यदेखि सँगसँगै कार्य गर्नुभएर, अहिले पनि मुक्तिको कार्य सँगै गर्दैहुनुहुन्छ भन्ने कुराको प्रमाण हो ।

Q.
के बाइबलमा माता परमेश्वर हुनुहुन्छ ?

बाइबलले स्वर्गमा आत्माका पिता मात्र होइन तर आत्माकी माता पनि हुनुहुन्छ भनेर गवाही दिएको छ (मत्ती ६:९; गला ४:२६) । अर्थात् माता परमेश्वर पनि अस्तित्वमा हुनुहुन्छ भन्ने कुरा हो । मोशाले लेखेका उत्पत्तिको पुस्तकमा पनि यो यथार्थतालाई स्पष्टसँग देखाइएको छ । परमेश्वरले मानिसलाई बनाउनुहुँदा “हामी” भन्नुभएका परमेश्वरको स्वरूप र प्रतिरूपमा नर र नारी सृष्टि गर्नुभयो (उत १:२६-२७) । फेरि भन्नुपर्दा, नर स्वरूपका पिता परमेश्वरले, अनि नारी स्वरूपकी माता परमेश्वरले मानव-जातिलाई सृष्टि गर्नुभएको हो । यसरी बाइबलले पिता परमेश्वर मात्र होइनकि माता परमेश्वर पनि हुनुहुन्छ भनी गवाही दिएको छ ।

Q.
माता परमेश्वरलाई विश्वास गर्ने मण्डली कुन हो ?

माता परमेश्वरलाई विश्वास गर्ने मण्डलीचाहिँ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज(छोटकरीमा परमेश्वरको मण्डली) हो । संसारमा धेरै मण्डलीहरू छन् तर मानव-जातिलाई सृष्टि गर्नुहुने र जीवनको पानी दिनुहुने माता परमेश्वरलाई विश्वास गर्ने मण्डलीचाहिँ परमेश्वरको मण्डली मात्र हो (उत १:२६; प्रका २२:१७) । सन् १९६४मा आन साङ होङज्यूले स्थापना गर्नुभएको परमेश्वरको मण्डलीले बाइबलको शिक्षाअनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । अनि २,००० वर्षअघि येशू ख्रीष्टले स्थापना गर्नुभएको शबाथ-दिन र निस्तार-चाडजस्ता नयाँ करारका सत्यताहरू जस्ताको तस्तै मान्दछ ।

Q.
के पिता परमेश्वर मात्र हुनुहुन्छ होला ?

बाइबलमा पिता परमेश्वर मात्र होइनकि माता परमेश्वर पनि हुनुहुन्छ । परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा, “हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुभयो (उत १:२६, सरल नेपाली बाइबल) । यदि पिता परमेश्वर मात्र अस्तित्वमा हुनुभएको भए उहाँले “म मानिसलाई मेरै स्वरूपमा, मेरै प्रतिरूपमा बनाउँछु” भन्नुहुनेथियो । तर उहाँले “हामी” भन्नुभएको हुनाले पिता परमेश्वर मात्र हुनुहुन्छ भन्न मिल्दैन ।

त्यसोभए किन परमेश्वरले “हामी” भन्नुभएको होला ? यसपछिको पदमा हेर्ने हो भने परमेश्वरको स्वरूपमा बनिएका मानिस नर र नारी सृष्टि भए (उत १:२७)। अर्थात् परमेश्वर पनि नर स्वरूप र नारी स्वरूपमा अस्तित्वमा हुनुहुन्छ भन्ने कुरा हो । फेरि भन्नुपर्दा पिता परमेश्वर र माता परमेश्वरले सँगै मानव-जातिलाई सृष्टि गर्नुभयो ।

Q.
परमेश्वरलाई ‘पिता’ भनेर पुकारिनाले कस्तो अर्थ बोकेको छ ?

परमेश्वरलाई ‘पिता’ भनेर पुकारिनाले हामी परमेश्वरका सन्तान हौं भन्ने कुरा, अनि माताको अस्तित्व छ भन्ने कुरा पनि बुझाउँछ ।

शाब्दिक रूपमा बुबाले, सन्तान भएको पुरुषलाई जनाउँछ । यसकारण परमेश्वरलाई ‘पिता’ भनेर पुकारिनाले परमेश्वरका सन्तानहरू छन् भन्ने अर्थ बुझाउँछ । वास्तवमा बाइबलले हामी परमेश्वरका सन्तान हौं भनेको छ (मत्ती ६:९; २ कोर ६:१७-१८) । के बुबा एकलैले सन्तान जन्माउन सक्नुहुन्छ र ? आमा हुनुहुन्न भने सन्तान हुन सक्दैन, र सन्तान छैन भने कुनै पुरुष बुबा बन्न सक्दैनन् । आमा भएमा मात्र बुबा भन्ने सम्बोधन अस्तित्वमा रहन सक्छ । तसर्थ पिता परमेश्वर भन्ने सम्बोधनले परमेश्वरको सन्तान र माता परमेश्वरको अस्तित्वलाई दर्शाउँदछ । स्वर्गमा हाम्री माता हुनुहुन्छ भनेर बाइबलले गवाही दिएको छ (गला ४:२६) । यो पृथ्वीको परिवारमा बुबा र सन्तान मात्र होइन तर आमा पनि हुन्छ । त्यसै गरी स्वर्गको परिवारमा पनि पिता परमेश्वर र परमेश्वरका सन्तान मात्र होइन तर माता परमेश्वर पनि हुनुहुन्छ ।

Q.
येशूज्यूकी दुलही को हुनुहुन्छ ?

प्रकाशको पुस्तकमा उल्लिखित येशूज्यूकी दुलहीले माता परमेश्वरलाई जनाउँछ । थुमाको विवाह-भोजमा दुलही देखा पर्नुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ (प्रका १९:७-८)। थुमाको विवाह-भोजमा दुलहा, दुलही र पाहुना(निमन्त्रित व्यक्ति)हरू छन् । दुलहा हुनुभएका थुमाले येशूज्यूलाई जनाउँछ (यूह १:२९)। दुलहीसँग देखा पर्नुहुने थुमाले दोस्रो आगमनका येशूज्यूलाई जनाउँछ । अनि दुलहीले चाहिँ स्वर्गीय यरूशलेमको रूपमा सङ्केत गरिनुभएकी माता परमेश्वरलाई जनाउँछ (प्रका २१:९-१०; गला ४:२६) । निमन्त्रणा पाउनेहरूले चाहिँ अनन्त जीवनको आशिष् पाउने सन्तहरूलाई जनाउँछ (प्रका १९:९) । वर्तमान यस पवित्र आत्माको युगमा देस्रो आगमनका येशूज्यू हुनुभएका पिता परमेश्वर, र दुलही हुनुभएकी माता परमेश्वरले सन्तहरूलाई स्वर्गीय विवाह-भोजमा निमन्त्रणा दिनुहुन्छ (प्रका २२:१७) ।

Q.
अधिकांश ख्रीष्टियानहरूले किन माता परमेश्वरलाई विश्वास गर्दैनन् ?

हिजोआज धेरै मानिसहरूले नयाँ करार नमान्ने भएकाले तिनीहरू बाइबलले गवाही दिएको माता परमेश्वरलाई विश्वास गर्दैनन् । परमेश्वर, नयाँ करारको व्यवस्था हृदयमा खोपेर मान्नेहरूका परमेश्वर हुनुहुनेछ र तिनीहरू उहाँका प्रजा हुनेछन् र तिनीहरूले परमेश्वरलाई पूर्ण रूपमा चिन्नेछन् भनिएको छ (यर ३१:३१-३४) । तर वर्तमान समयमा अधिकांश ख्रीष्टियानहरूले येशूज्यूले स्थापना गर्नुभएको नयाँ करार निस्तार-चाड मान्दैनन् (लूक २२:१५, १९-२०) । तिनीहरूका हृदयमा नयाँ करार नभएकोले तिनीहरूले माता परमेश्वरलाई चिन्न सकिरहेका छैनन् ।