हाम्रा सियोनका सन्तहरू एकदमै खुसी देखिनुहुन्छ । यो संसारमा जिउने क्रममा सबैले कठिनाइहरूको सामना गर्नुपरे तापनि, हामीमा खुसी पोखिने स्वर्ग-राज्यमा जाने आशा भएकोले यहाँहरूले खुसीसाथ सबै कठिनाइहरूलाई जितिरहनुभएको छ जस्तो लाग्छ । हाम्रो अगि उज्ज्वल भविष्य र आशा छ भने, जीवन आनन्दित हुनेछ र हामाीहरू बलले भरिनेछौं ।
समाचार हेर्ने हो भने संसारमा थुप्रै दुर्घटना, युद्ध, भूकम्प जस्ता विभिन्न जलवायु प्रकोपहरू र अनगिन्ती दुर्घटनाहरू घटिरहेका देख्छौं । भविष्यमा आशा गर्नुपर्ने कुराहरू भन्दा बढी निराशाजनक कुराहरू घटिरहेका देखिन्छन् ।
यसरी विपत्तिको सिकार भएर असहाय अवस्थामा परेका मानिसहरूलाई देख्दा मेरो मन एकदमै दुख्छ । ‘उनीहरूलाई नयाँ करारबारे लगनशीलतापूर्वक सुनाएर युद्ध नहुने केवल हर्षमात्र पोखिने स्वर्ग-राज्यमा डोऱ्याउनुबाहेक अर्को कुनै विकल्प छैन’ र ‘यदि उनीहरूलाई स्वर्गको आशा लिन सकिने सुरक्षित स्थान, सियोनमा डोऱ्याइयो भने दुःख कष्टको बीचमा पनि उनीहरू कति आनन्दित हुनेथिए होलान् !’ भन्ने किसिमका सोचाइहरू ममा थुप्रै आउँछन् । पिता आन साङ होङज्यूले यो विपत्तिको युगमा हाम्रो लागि अत्यावश्यक कुरा भनेको नै निस्तार-चाड हो भन्नुभएको छ । निस्तार-चाड मान्यो भने विपत्तिबाट बच्न सकिन्छ, स्वर्ग जान सकिन्छ र अनन्त जीवनको आशिष् पनि पाउन सकिन्छ नि, होइन र ? बाइबलमा पनि, विपत्तिको युग आयो भने हामीले ढिला नगरी सियोनबाट जोडका साथ तुरही फुक्नुपर्छ भनिएको छ (यर ४:५-६) । हामीले आशाविहिन भएका मानिसहरूलाई स्वर्ग जाने बल प्रदान गर्नुपर्छ । पहिलो आगमन र दोस्रो आगमनमा पनि निस्तार-चाडद्वारा हामीलाई अनन्त जीवन दिन यस पृथ्वीमा आउनुभएका पिताले, पहिला हामीलाई यो सत्यता थाहा दिनुभएर “मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर” (यूह १३:१५) भनेर भन्नुभयो । त्यसकारण, हामीले पनि ढिला नगरी यो सुसमाचार परिश्रमका साथ सुनाउनुपर्छ ।
अगमवाणी गरिएका विपत्तिहरू एकपछि अर्को गर्दै झरिरहेको यस युगमा पिता आन साङ होङज्यू नआउनुभएको भए हामीहरू पनि विपत्तिमा परेर नष्ट हुनेथियौं र हामीले आत्माको मुक्ति पाउने थिएनौं । पिताले हामीलाई खुसी पार्नुभएकाले हामीले पनि मरिरहेका आत्माहरूलाई पश्चात्तापमा डोऱ्याएर पितालाई खुशी पार्नुपर्छ । हामीलाई बचाउनको निम्ति आउनुभएर कष्ट भोग्नुभई हामीलाई नरकमा जानबाट बचाउनुभएका परमेश्वर, पिता आन साङ होङलाई धन्यवादका गीतहरू गाउँदै स्वर्ग-राज्य जाऔं । संसार दुर्बल हुन्छ र पूरै पृथ्वी उजाड हुनुको कारणचाहिँ मानिसहरूले परमेश्वरको करार भङ्ग गरेकाले हो (यशै २४:१-५, १३) । अनन्त करार, नयाँ करार निस्तार-चाड मान्न लगाई मानिसहरूलाई बचाउन परमेश्वरले यस पृथ्वीमा आउनुभएर आफैलाई बलिदान गर्नुभयो । यद्यपि उहाँले, उहाँको वचन इन्कार गर्नेहरूले आफ्नो सोचाइको परिणामस्वरूप विपत्ति भोग्नेछन् भनेर भन्नुभयो । त्यसकारण, मानिसहरूलाई लगनशीलताका साथ नयाँ करार मान्न लगाउनु नै साँचो प्रेम हो जस्तो लाग्छ (सप १:२-६, १४-१८) ।
परमेश्वरले यस पृथ्वीमा झर्ने असाधारण विपत्तिहरूबारे विभिन्न अगमवक्ताहरूमार्फत पहिल्यै भविष्यवाणी गरिदिनुभयो (२ पत्र ३:६-७, इज ७:२-७, २०) । विपत्तिहरू आउँदा हामीले त्यसबारे अनभिज्ञ भएका ती दयालाग्दा मानिसहरूलाई त्यसबारे थाहा दिलाएर विपत्तिबाट बाँच्ने ठाउँबारे पनि थाहा दिनुपर्छ । हजार जना, दश हजार जना हाम्रो अगि लोटे तापनि सियोनमा गएर निस्तार-चाड मान्ने मानिसहरूको नजिक त्यो आउनेछैन (भज ९१:७-९, सप २:१-३, १ थेस ५:१-६) । सबै जातिहरूलाई सुरक्षित स्थान सियोनमा आएर र स्वर्गको आशाका लिई जीवन जिउन आमन्त्रण गर्दै यो बहुमूल्य सत्यता लगनशीलतापूर्वक सुनाऔं । मानिसहरूलाई विपत्तिबाट बचाउने र स्वर्गमा गई अनन्त जीवनको आशिष् प्राप्त गराउने प्रेम नै निस्तार चाडको प्रेम हो ।
स्वर्ग-राज्य हाम्रो एकदमै नजिक आइरहेको छ । हिजोभन्दा आज, आजभन्दा भोलि अझ त्यो सुन्दर स्वर्ग-राज्यको नजिक आएकाले हामीहरू एकदमै धन्यका सन्तहरू हौं । “प्रसववेदनामा पर्नुभन्दा पहिले नै त्यसले जन्माउँछे । सुत्केरी व्यथा लाग्नुभन्दा पहिले नै त्यसले एउटा छोरा जन्माउँछे” भनिएको बाइबलको अगमवाणीअनुसार (यशै ६६:८), पिताले द्रुत गतिमा सुसमाचारको कार्य पूरा गरिरहनुभएको छ । त्यसैले हामीले परमेश्वरको वचन मात्र राम्ररी पालन गऱ्यौं भने सबै कुरा राम्रो हुनेछ। “सबै कुराको अन्त्य नजिकै आएको छ । यसकारण आफ्ना प्रार्थनाको निम्ति शुद्ध मनको सचेत भइरहो । सबैभन्दा बढी एक-अर्काप्रति तिमीहरूको प्रेम अटूट रहोस् । किनकि प्रेमले नै असंख्य पापहरू ढाक्तछ” भनिएको छ (१ पत्र ४:७-८) । हामी लोभ नगरी असल कुराहरू हाम्रा दाजुभाइ-दिदीबहिनीहरूका निम्ति त्याग गरौं । त्यसो गरेमा बल्ल ती सबै आशिष्हरू यहाँहरूकहाँ फर्किआउनेछन् । कहिल्यै नओइलाउने महिमाको मुकुट नै परमेश्वरले हामीलाई दिनुहुने आशिष् हो (१ पत्र ५:२-४) । हामीले मुक्ति, अनन्त जीवनको आशिष् र मुकुट पाउनेछौं, हामी साँच्चै कति धन्यका र खुसी मानिसहरू हौं ? स्वर्ग-राज्यमा जानको निम्ति व्यग्रतापूर्वक प्रार्थना गर्दै हामीलाई स्वर्गमा डोऱ्याउनको आफैलाई बलिदान गर्नुभएका हाम्रा पिता आन साङ होङज्यूलाई सधैँ धन्यवाद चढाऔं ।