jerusalemmother.com is provided in English. Would you like to change to English?

माताको बाह्रौँ शिक्षा

“परमेश्वरसमेत सेवा गर्न यो पृथ्वीमा आउनुभयो । त्यसैले सेवा पाउने अपेक्षा नगरी आपसमा सेवा गर्ने मन नै परमेश्वर खुशी हुनुहुने मन हो ।”

4399भ्यु
विषयसूची

हामीले कसो गर्नुपर्छ भन्ने कुरा परमेश्वर स्वयम्‌ले गर्नुभएर विश्वासको उदाहरण देखाउनुभयो । तीमध्ये एउटाचाहिँ ‘सेवाको उदाहरण’ हो । परमेश्वरचाहिँ सारा ब्रह्माण्डमा सबैभन्दा उच्च र आदरयोग्य हुनुहुन्छ, अनि सम्पूर्ण सृष्टिका थोकहरूबाट सेवा पाउनुपर्ने अस्तित्व हुनुहुन्छ । तर उहाँले उल्टै हाम्रो सेवा गर्नुभयो । परमेश्वरको यस्तो उदाहरणलाई पछ्याउँदै हामीले हाम्रा दाजुभाइ, दिदीबहिनीको सेवा गर्नुपर्छ ।

अब तिनीहरूमध्ये सबैभन्दा प्रमुख को गनिने हो भनी चेलाहरूका बीचमा वाद-विवाद हुन लाग्यो । उहाँले तिनीहरूलाई भन्नुभयो, “अन्यजातिका राजाहरूले तिनीहरूमाथि प्रभुत्व गर्छन्, र तिनीहरूमाथि अधिकार चलाउनेहरू ‘उपकारी’ भनिन्छन् । तर तिमीहरूचाहिँ यस्तो नहोओ । तिमीहरूमध्ये जो ठूलो छ, त्यो सानो बनोस्, र अगुवा हुनेले चाहिँ सेवा गरोस् । किनभने ठूलो को हो ? भोजन खान बस्ने कि सेवा गर्ने ? के भोजन खान बस्ने होइन ? तर म तिमीहरूका बीचमा एक जना सेवा गर्नेजस्तै छु ।” लूक २२:२४-२७

“तिमीहरू मलाई ‘गुरु र प्रभु’ भन्दछौ, त्यो तिमीहरू ठीकै भन्दछौ, किनभने म उही हुँ । यदि तिमीहरूका प्रभु र गुरु भईकन मैले तिमीहरूका गोडा धोएको छु भने तिमीहरूले पनि एक-अर्काका गोडा धुनुपर्छ, किनकि मैले तिमीहरूलाई एउटा उदाहरण दिएको छु, र जसो मैले तिमीहरूका निम्ति गरें, तिमीहरूले पनि त्यसै गर ।” यूह १३:१३-१५

तर अरूको सेवा गर्नु भन्नाले आँखा चिम्लेर कसैप्रति समर्पित हुनु भन्ने अर्थचाहिँ होइन । साँचो ‘सेवा’को अर्थचाहिँ अरूको वास्ता र आदर गर्दै अरूप्रति विचारशील हुनु हो । सियोनका दाजुभाइ, दिदीबहिनीसित शिष्ट व्यवहार गर्ने, कुनै कठिनाइ छ कि भनेर जाँचबुझ गर्ने, आफूले बलिदान गर्नुपर्ने कुरा छ भने बलिदान(त्याग) गरिदिने, अनि सियोनमा आएको भए पनि अझै विश्वासमा कमजोर सन्तहरूलाई परमेश्वरप्रति सही बुझाइ लिएर स्वर्गको आशा नगुम्ने गरी रुचि राख्ने, प्रेम गर्ने जस्ता कार्यहरूद्वारा दाजुभाइ, दिदीबहिनीको सेवा गर्न सकिन्छ ।

‘आपसमा सेवा गर’ भन्ने शिक्षाभित्र स्वर्गमा हामीलाई उच्च पार्न चाहनुहुने परमेश्वरको प्रेम समावेश छ । कारण यो पृथ्वीमा आफू होचिएर दाजुभाइ, दिदीबहिनीको सेवा गर्ने मानिस स्वर्गमा उच्च पारिनेछ । संसारका मानिसहरू आफ्नो अधिकारलाई प्रयोग गरेर उच्च हुन खोजे तापनि हामीले तिनीहरूको अनुकरण गर्नुहुँदैन । यो पृथ्वीमा एकैछिन सेवा पाउँदै जिउनुभन्दा बरु आफूलाई होच्याएर सन्तहरूको सेवा गर्दै स्वर्गीय राज्य गएपछि सदासर्वदा राजकीय पूजाहारी बन्नु नै उचित होइन र ? सेवा गर्दा पाइने आशिष्‌लाई महसुस गरेर विचारशीलता र प्रेमद्वारा साँचो ‘सेवा’लाई कार्यान्वयन गरी परमेश्वरलाई खुशी तुल्याउँदै स्वर्गको आशिष् पाउने परमेश्वरका सन्तान हामीहरू होऔं ।