“जिब्रोचाहिँ असल कार्य र हामीलाई त्यो दिनुहुने परमेश्वरको निम्ति प्रयोग गर्नुपर्छ ।”
“जुन मानिसले आफूले बोल्ने कुरामा भूल गर्दैन, त्यसले आफ्ना सारा शरीरमा पनि लगाम लगाउन सक्छ, र त्यो सिद्ध मानिस हुन्छ … हेर त, जहाजहरू जो तेज हावाले चल्दछन्, ती ठूला-ठूला भए तापनि एउटा सानो पतवारद्वारा कर्णधारले आफ्नो इच्छाअनुसार जता मन पऱ्यो त्यतै लान्छ । त्यस्तै जिब्रो पनि एउटा सानो अङ्ग भएर … जिब्रो पनि एउटा आगो नै हो । यो शरीरका अङ्गहरूमध्ये अधर्मको एउटा दुनियाँ नै हो ।” याक ३:२-६
जसरी एउटा सानो पतवारद्वारा ठूलो जहाज चलाउन सकिन्छ, त्यसरी नै हाम्रो जिब्रो सानो अङ्ग भए तापनि यसको प्रयोगद्वारा ठूला-ठूला कार्यहरू गर्न सकिन्छ (याक ३:२-६) । जिब्रोमा जीवन र मृत्यु निम्त्याउन सक्ने शक्ति हुन्छ । जिब्रोको दुरुपयोगले विनाश निम्त्याउँछ भने यसको बुद्धिमानी सदुपयोगले चाहिँ खुशी निम्त्याउँछ । जिब्रोमा साँच्चै ठूलो शक्ति हुन्छ । यसलाई असल कुराको निम्ति प्रयोग गर्दा सबैभन्दा उत्कृष्ट कुरा बन्छ । तर गलत कार्यको निम्ति प्रयोग गर्दा चाहिँ दुर्भाग्यपूर्ण हुन्छ ।
कठोर जिब्रो भएको व्यक्तिले कलह निम्त्याउँछ । मानिसहरूले नरम खानेकुरा रुचाएजस्तै बोलीको सन्दर्भमा पनि उनीहरूले नम्र बोली नै रुचाउँछन् । हामीले परमेश्वरको अनुग्रहात्मक वचनद्वारा अनन्त जीवन पाएका छौं । जिब्रोचाहिँ असल कार्य र हामीलाई त्यो दिनुहुने परमेश्वरको निम्ति प्रयोग गर्नुपर्छ ।
“प्रेमचाहिँ हामीले बोल्ने बोलीले अरूलाई चोट पुऱ्याउँछ कि खुशी दिलाउँछ भन्ने कुराप्रति विचारशील हन्छ ।”
प्रेमचाहिँ हामीले बोल्ने बोलीले अरूलाई चोट पुऱ्याउँछ कि खुशी दिलाउँछ भन्ने कुराप्रति विचारशील हुन्छ । परमेश्वरलाई विश्वास गर्नुअघि हामीले आफ्नो इच्छाअनुसार जस्तोसुकै बोली बोले तापनि अबचाहिँ परमेश्वरको वचनअनुसार आफूभन्दा अरूको निम्ति सोचिदिँदै बोल्नुपर्छ । एक-अर्कालाई प्रेम गर्नु नै नयाँ गरी जन्मने प्रक्रिया हो । पापी हामीहरूको मुक्तिको निम्ति बलिदान गर्नुभएर प्रार्थना गर्नुभएका ख्रीष्टको असल र सुन्दर हृदयलाई अँगालेर नयाँ गरी जन्मिऔं ।
परमेश्वरबाट महान् प्रेम पाएकोले अब अरू के चाहिन्छ र ? परमेश्वरले “तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु, तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर” भन्नुभयो (यूह १३:३४) । योचाहिँ परमेश्वरले हामीलाई प्रेम गर्नुभएर अनन्त जीवन दिनुभएकोले हामीले केवल प्रेम लिन मात्र खोज्नुहुँदैन, तर प्रेम दिन पनि खोज्नुपर्छ भन्ने अर्थ हो । एक-अर्काप्रति विचारशील भयो भने स्वतः खुशी भइनेछ र परीक्षामा परिँनेछैन ।
माताको वचन, “नयाँ गरी जन्मेमा मात्र स्वर्गीय राज्य प्रवेश गर्न सकिन्छ”
“परमेश्वरका छोरा-छोरीले झगडा वा परीक्षा उत्पन्न गराउने अशुद्ध बोलीभन्दा सुधार गर्ने बोली बोल्नुपर्छ ।”
“तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मीठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्।” एफि ४:२९
परमेश्वरका छोरा-छोरीले झगडा वा परीक्षा उत्पन्न गराउने खराब बोलीभन्दा अरूलाई सुधार गर्ने बोली बोल्नुपर्छ (एफि ४:२९) । मुक्ति दिनुभएका परमेश्वरप्रति धन्यवादी हुँदा हाम्रा दाजुभाइ-दिदीबहिनीहरू राम्रा देखिन्छन् र हाम्रो सत्यता पनि राम्रो देखिन्छ । “हाम्रा दाजुभाइ-दिदीबहिनीहरू निःस्वार्थ र ईमान्दार भएर एक आत्मा खोज्न प्रयासरत छन् । उनीहरू साँच्चै स्वर्गदूतजस्तै देखिन्छन् ।” “हामीहरू चिन्ताविहीन स्वर्गीय राज्यमा जाने भएकोले धेरै खुशी छौं ।” सधैँ यस्तो बोली बोल्दा “म साँच्चै खुशी छु” भन्ने सोचाइ मनमा उत्पन्न हुन्छ । यो नै नम्र बोली हो ।
“सुन्दर र अनुग्रहात्मक बोली आदानप्रदान गरिने ठाउँमा हाँसोको फूल फुल्छ । बोल्नमा नम्र हुनु खुशीको कुरा होइन र ?”
“नम्र जवाफले क्रोधलाई शान्त पार्छ, तर कठोर वचनले रीस उठाउँछ । बुद्धिमान्को जिब्रोले ज्ञानको तारीफ गर्छ, तर मूर्खको मुखले मूर्खताकै ओइरो लाउँछ ।” हितो १५:१-२
कठोर बोलीभन्दा अरूको हित हुने र अरूलाई खुशी दिलाउने नम्र र अनुग्रहात्मक बोली बोलौं (हितो १५:१-२) । परिवारभित्र हुने पति-पत्नीबीचको झगडा होस् या छोरा-छोरीबीचको झगडा, सबै बोलीकै कारण उत्पन्न हुन्छ । मण्डली लगायत सामाजिक जीवनमा पनि अर्को व्यक्तिको रीसलाई शान्त गराउने नम्र र अनुग्रहात्मक बोली नै प्रेमपूर्ण कार्य हो । सुन्दर र अनुग्रहात्मक बोली आदानप्रदान गरिने ठाउँमा हाँसोको फूल फुल्छ । सुन्दर र अनुग्रहात्मक बोलीले खुशी दिलाउँछ नि, होइन र ?