नव वर्ष आउँदैपिच्छे हामीहरू सबै ‘गत वर्ष परमेश्वरको इच्छाअनुसार नजिएका ती सबे पक्षहरूलाई सुधारेर विश्वासमा नयाँ भई यो वर्ष प्रशस्त आशिष्हरू पाउनेछु’ भन्ने किसिमका संकल्पहरू लिने गर्छौं । हामी सबैलाई थाहा भएजस्तै, हामीले आफ्नो इच्छाअनुसार गर्न चाहे पनि पूरा नहुने कुराहरू छन् कि छैनन् त ? त्यसैकारण परमेश्वरले, हामीलाई सबै थोक दिनुहुने र सबै कुरा पूरा गरिदिन सक्नुहुने परमेश्वरसँग प्रार्थना गर्ने शिक्षा दिनुभयो । यो वर्ष, सुसमाचारमा कडा परिश्रम गर्नुको साथै सहृदयले प्रार्थना पनि गरौं । सोलोमनले जस्तै बुद्धिमानीपूर्वक माग्यौं भने पिताले, हामीले मागेको भन्दा बढी दिनुहुनेछ ।
बाइबलमा, निरन्तर प्रार्थना गर्नु नै परमेश्वरको इच्छा हो, र परमेश्वरको इच्छाअनुसार गर्नेहरू मात्र स्वर्गमा प्रवेश गर्न सक्छन् भन्ने शिक्षा दिइएको छ (१ थेस ५:१६-१८, मत्ती ७:२१) । सुसमाचारको कार्यमा संघर्ष गरिरहेका सन्तहरूलाई हेर्दा, प्रायःले राम्रो गर्नको लागि नयाँ तरिकाहरू खोज्ने वा आफ्ना वरिपरि भएका व्यक्तिहरूबाट सुझावहरू लिने गर्नुहुन्छ, तर परमेश्वरले चाहिँ प्रार्थना गऱ्यो भने सबै पूरा हुनेछ भन्नुभएको छ । कठिन परिस्थिति हुँदैपिच्छे हामीले पितालाई प्रार्थना गऱ्यौं भने उहाँले हामीलाई बुद्धि प्रदान गर्नुहुनेछ र हर्षपूर्ण कार्यहरू हुनेछन् । तर यसको ठीक विपरित हामीले प्रार्थना नगरीकन ‘यो त म आफैले गर्न सकिहाल्छु नि’ भन्ने सोचेर गरेको कुनै पनि काम सफल हुँदैन र हाम्रो खुशी पनि विलिन हुँदैजान्छ ।
हामीले परमेश्वरसँग निरन्तर प्रार्थना गऱ्यौं भने, उहाँले हामीलाई यो सुसमाचारको कार्य खुशीसाथ गर्न सक्ने गराउनुहुनेछ । आफूले योजना बनाएअनुसार नभए पनि, एकतामा रहन गाह्रो भए पनि, फल नफले पनि वा शरीर थकित भए पनि हामीहरू प्रार्थना गर्ने बानी विकास गरौं । परमेश्वरले “माग त तिमीहरूलाई दिइनेछ” भनी प्रतिज्ञा गर्नुभएर “तिमीहरू दुष्ट भएर पनि आफ्ना छोरा-छोरीहरूलाई असल चीज दिन जान्दछौ भने, स्वर्गमा हुनुहुने तिमीहरूका पिताले उहाँसँग माग्नेहरूलाई कति बढी गरेर असल चीज दिनुहुनेछ” पनि भन्नुभयो (मत्ती ७:७-११) । हाम्रा पिता आन साङ होङज्यू स्वर्ग र पृथ्वी सृष्टि गर्नुहुने परमेश्वर हुनुहुन्छ । हामी तिर्खाउँदा, उहाँले हामीलाई पानी दिनुहुन्छ । हामी भोकाउँदा, उहाँले हामीलाई खाना दिनुहुन्छ । अनि हामी बिरामी हुँदा, उहाँले हामीलाई स्वस्थ बनाइदिनुहुन्छ । सर्वशक्तिमान् परमेश्वर हुनुभएकाले, उहाँले दिन नसक्नुहुने कुरा केही पनि छैन । हामीले माग्ने कुराहरूचाहिँ परमेश्वरको नजरमा एकदमै सानो कुरा हो र उहाँले हामीलाई प्रशस्त मात्रामा दिन सक्नुहुन्छ । तर यदि हामीले उहाँको इच्छा पालना गरेनौं भने हामीले त्यो प्राप्त गर्न सक्दैनौं । कसैले शंका गरेकाले मागेको कुरा प्राप्त गर्दैनन् भने कसैले चाहिँ आफूले मागेको कुराहरू ढिला प्राप्त गर्छन् । तर १००% विश्वासका साथ माग्नेहरूले चाहिँ निश्चय नै प्राप्त गर्नेछन् ।
येशूज्यूले आफ्ना चेलाहरूलाई “यस किसिमको चाहिँ प्रार्थनाले बाहेक अरू कुनै उपायले धपाउन सकिँदैन” भन्नुभयो (मर्कूस ९:२८-२९) । उहाँले “तिमीहरू प्रार्थना गरिरहो, र परीक्षामा नपर” भनेर पनि जोड दिनुभयो । परीक्षामा पर्दा परमेश्वरको वचनभन्दा पनि हामी आफ्नै इच्छाअनुसार गर्न खोज्छौं, जसले हामीलाई पाप गर्न लगाउँछ । त्यसो नगर्नको निम्ति नै उहाँले हामीलाई प्रार्थना गर्न भन्नुभएर स्वयम्ले प्रार्थना गर्ने उदाहरण देखाउनुभयो (मत्ती २६:४१, लूक २२:४०-४२) । स्वर्ग र पृथ्वीमा भएका सम्पूर्ण थोकहरू परमेश्वरकै भएकाले उहाँले प्रार्थना गर्न कुनै आवश्यक छैन । पापीहरूले चाहिँ प्रार्थना गर्नु स्वभाविक हो, तर पापी हामीहरूलाई उदाहरण देखाउनको निम्ति उहाँले व्याकुल मनद्वारा लगनशीलतापूर्वक प्रार्थना गर्नुभयो ।
प्रार्थनाको लागि कुनै विशेष आसन वा विशेष स्थानको आवश्यक पर्दैन । हामीले मनमनै, मौखिक रूपमा र जस्तोसुकै परिस्थितिमा पनि गर्न सकिने कुरा भनेको नै प्रार्थना हो । प्रार्थना भनेको परमेश्वरसँग गरिने कुराकानी हो । सबैलाई आफूले माया गरेको व्यक्तिसँग कुराकानी गर्न मन पर्छ । हाम्रा सन्तानहरू हाम्रा परमेश्वर, आन साङ होङज्यूलाई सबैभन्दा धेरै प्रेम गर्छौं । हामीलाई मुक्ति दिनुभएर कष्ट र पीडा नहुने स्वर्ग-राज्यमा डोऱ्याउनुहुने पिता परमेश्वरसँग कुराकानी गर्नुभन्दा खुशीको कुरा अरू के हुन सक्छ र ?
परमेश्वरले हामीलाई स्वर्ग-राज्यको आशिष् दिनुहुनेछ भन्ने दृढ विश्वासका साथ निरन्तर सुसमाचारको कार्य गरौं । परमेश्वरले हामीलाई, बुद्धिको अभाव हुँदा कत्ति पनि शंका नगरी माग भनेर भन्नुभयो । अनि “दिनुभयो भने राम्रै हो, नदिनुभए पनि ठीकै छ” भन्ने दोहोरो मनोवृत्ति राखेर माग्यौ भने, त्यो प्राप्त गर्ने बारे नसोच्न चेतावनी पनि दिनुभयो (याक १:५-८) । सधैँ हाम्रो लागि लाभदायक हुने सबै कुरा दिनुहुने परमेश्वरलाई कत्ति पनि शंका नगरी मागौं ।
परमेश्वरसँग कुराकानी गरेन भने, स्वभावतः अरूसँग कुराकानी गर्न पुगिन्छ । परमेश्वरविरुद्ध गनगन गर्ने व्यक्तिसँग कुराकानी गऱ्यो भने सुन्ने व्यक्तिको मन पनि परमेश्वरलाई गनगन गर्ने सोचाइले जरा गाड्न थाल्छ । विश्वासचाहिँ सुनेको कुराबाट आउँछ भनेजस्तै, दुष्ट कुराहरू सुन्यो भने त्यसले दुष्ट्याइँतर्फ डोऱ्याउँछ र अनुग्रहात्मक कुराहरू सुन्यो भने त्यसले राम्रो कुराहरूतर्फ डोऱ्याउँछ । तर यदि हामीले आशिष् दिनुहुने परमेश्वरसँग प्रार्थनाद्वारा कुराकानी गऱ्यौं भने हामीले केवल आशिष् पाउनेछौं । मागेन भने केही पनि पूरा हुँदैन । तर यदि हामीले पितासँग लगनशीलतापूर्वक प्रार्थना गऱ्यौं भने उहाँले सबै पूरा गरिदिनुहुनेछ (याक ४:२, लूक १८:१-८) । परमेश्वरको वचनमा आज्ञाकारी भएर निरन्तर प्रार्थना गरी दाना फल प्रशस्त फलाएर धेरै आशिष् प्राप्त गर्ने सियोनका परिवार हुनुहुनेछ भन्ने आशा गर्दछु ।