छाप्रो-वासको चाड र पवित्र आत्मा अभियान

2782भ्यु
विषयसूची

यो वर्ष पनि चाडहरू मान्न धेरै परिश्रम गर्नुभएकोमा यहाँहरूलाई सबैलाई धन्यवाद भन्न चाहन्छु । छाप्रो-वासको चाडमा प्रतिज्ञा गरिएको पवित्र आत्माको अन्तिम झरीको निम्ति गहिरो बिन्ती गर्नुभएकोले यहाँहरू सबैले पवित्र आत्मा पाउनुभएको छ ।

छाप्रो-वासको चाडमा येशूज्यूले “जीवनको पानी लेओ” भन्नुहुँदै प्रचार गर्नुभएको इतिहास छ, अहिले हामीहरू पवित्र आत्मा र दुलहीले पवित्र आत्मा लिन बोलाइरहनुभएको यस्तो सत्यताको युगमा जिइरहेका छौं (यूह ७:२, १४, ३७-३९; प्रका २२:१७) । छाप्रो-वासको चाड मान्न आउनेहरूमाथि पवित्र आत्माको झरी झारिनेछ, तर नमान्नेहरूमाथि विपत्तिहरू झर्नेछ भनेर भनिएको छ (जक १४:१६-१९) । विपत्तिबाट पार भएर मुक्ति पाउनको निम्ति हामी सबैले छाप्रो-वासको चाड मान्नुपर्छ । यस्तो अमूल्य सत्यतालाई महसुस गरी मान्न पाएका हामीले अनन्त जीवन र स्वर्गीय राज्यमा प्रवेश गर्ने प्रतिज्ञा पाएका छौं । यो एकदमै आशिषित कुरा हो । तर अझै पनि धेरै मानिसहरूलाई यसबारे थाहा छैन । त्यसैले यस्तो अमूल्य सत्यता आफूमा मात्र सीमित नराखी परमेश्वरको सत्यताप्रति अनभिज्ञ भएर मृत्युतर्फ अगि बढिरहेकाहरूलाई लगनशीलताका साथ छाप्रो-वासको चाड मान्न आग्रह गर्दै सत्यता सुनाऔं । यसरी पवित्र आत्मा पाएका हामीचाहिँ पवित्र आत्मा अभियानमा सहभागी हुनुपर्छ ।

वर्तमान युगमा, धेरै मानिसहरूले जीवनको पानी खोजिरहेका छन् । बाइबलमा अन्त्यका दिनहरूमा “देशमा अनिकाल हुनेछ, जुनचाहिँ न त अन्नको अनिकाल न पानीको तिर्खा हो, तर परमप्रभुको वचन सुन्ने तृष्णाको अनिकाल हुनेछ” भनेर चेताउनी दिइएको छ (आमो ८:११-१३) । मानिसहरूले विपत्तिबाट बच्न सकिने अर्थात् अनन्तकाल खुशी भएर बाँच्न सकिने ठाउँ खोजिरहेका छन्, तर पाउन सकिरहेका छैनन् । त्यसैले उनीहरूलाई पनि जीवनको पानी बाँडौं । अनि सियोनमा विपत्तिबाट पार भएर अनन्त जीवन प्राप्त गर्न सकिने र स्वर्गीय राज्यमा प्रवेश गर्न सकिने आशिष् छ भनेर आत्मविश्वासका साथ घोषणा गरौं ।

येशूज्यूले पत्रुसलाई तीन पल्टसम्म अनुरोध गर्नुभएको कुरा छ । उहाँले भन्नुभयो, “के तिमी मलाई प्रेम गर्दछौ ? त्यसोभए मेरा भेडाहरूलाई खुवाऊ” (यूह २१:१५-१७) । यो नै “यदि तिमीहरू मलाई प्रेम गर्दछौ भने म यस पृथ्वीमा हराएकालाई खोज्न आएजस्तै, तिमीहरूले पनि स्वर्गबाट हराएका भाइ-बहिनीहरूलाई खोज” भन्ने वचन होइन र ? यो युगमा आन साङ होङज्यूले पनि उस्तै अनुरोध गर्नुभयो । चाहे पहिलो आगमनको समयमा होस् या दोस्रो आगमनको समयमा होस्, दुवै समयमा उहाँले “म यस पृथ्वीमा प्रचार गर्न आएको हुँ” र “परिश्रमसाथ प्रचार गर्न आवश्यक छ” भन्नुभयो (मर्क १:३५-३९; मत्ती २८:१८-२०) । यदि हामी पिता आन साङ होङज्यूलाई प्रेम गर्छौं भने हामीले हराएका भेडाहरूलाई खोजेर जीवनको फल खुवाउनुपर्छ, र उनीहरूसँग जीवनको पानी बाँड्नुपर्छ ।

अहिले विश्वभरि जताततै विपत्ति झरिरहेको छ, र वैज्ञानिकहरूले पृथ्वीमा सङ्कट आइपर्नेछ भनेर चेताउनी दिइरहेका छन् । हामीले विपत्तिबाट बच्नको निम्ति निस्तार-चाड मानेर आत्मिक तयारी गर्नुपर्छ । येशूज्यूले “तिमीहरू आकाश र पृथ्वीका लक्षणहरू बताइदिन सक्छौ, तर वर्तमान समयको अर्थ लाउन किन जान्दैनौ ?” भन्नुभयो, अनि महासङ्कष्ट आउनअघि ढीला नगरी सुरक्षाको निम्ति सियोनमा भागेर जाओ” पनि भन्नुभयो (लूक १२:५४-५७; यर ४:५-६) । परमेश्वरको चाड मनाइने सियोनमा शक्तिशाली परमेश्वरले हामीलाई सुरक्षा प्रदान गर्नुहुन्छ (यशै ३३:२०-२४) ।

विपत्ति र इन्साफको दिन आउनुअघि अझ एक जना आत्मालाई बचाऔं । सामरी स्त्रीले येशूज्यूलाई चिनेर महसुस गरेपछि “कतै उहाँ नै ख्रीष्ट त हुनुहुन्न ? आएर हेर” भन्दै प्रचार गरिन् र धेरैलाई बचाइन् (यूह ४:३~३०) । योजस्तै हामी पनि “जीवनको फल लिएर आउनुभएका आन साङ होङज्यूलाई भेट्न सियोनमा आउनुहोस्” भन्दै प्रचार गरौं । अनि छाप्रो-वासको चाडको पवित्र आत्मा पाएकोले परमेश्वरका भेडाहरूलाई खोजेर जीवनको रोटी खुवाऔं । किनभने पापीहरूलाई पश्चात्तापमा डोऱ्याउँदा परमेश्वर सबैभन्दा खुशी हुनुहुन्छ (लूक १५:७) । मरेको भनेर सोचेको बालक फेरि जीवित भयो भने कति खुशी लाग्छ होला ! योजस्तै परमेश्वरको मन पनि उस्तै हो ।

धेरै मानिसहरूलाई सियोनमा डोऱ्याएर, आन साङ होङज्यूले ल्याइदिनुभएको नयाँ करार निस्तार-चाड अर्थात् जीवनको फल सुनाऔं, अनि मृत्युमा गइरहेका आत्माहरूलाई बचाऔं । यो नै सबैभन्दा महान् प्रेम हो । यस्तो महान् प्रेम बाँडेर स्वर्गीय पिता आन साङ होङज्यूलाई खुशी तुल्याउँदै स्वर्ग प्रवेश गर्ने, अनि पिताबाट प्रशंसा पाउने सियोनका सन्तान होऔं ।