सुसमाचारको निम्ति कडा परिश्रम गर्नुभएका सबै सन्तहरूलाई धन्यवाद दिन चाहन्छु । सबैले प्रशस्त आशिष् पाउनुभएर स्वर्गको आशा गर्दै सधैँ बल गर्नुहुनेछ भनी आशा गर्दछु ।
परमेश्वरले, ‘मानिसले जे रोप्छ त्यसैको कटनी गर्छ’ भन्ने वचन दिनुभएको छ (गला ६:७) । हामी सुसमाचारको लागि जति परिश्रम गर्छौं, बलिदान र आफूलाई समर्पित गर्छौं र त्याग गर्छौं उति नै स्वर्ग-राज्यमा हाम्रो लागि आशिष्हरू जम्मा हुनेछन् । तर यदि हामीले लापरवाही गऱ्यौं भने हामीले पाउने आशिष्हरू पनि कम हुनेछन् । हामीहरू ‘ममा के कुराको कमी छ ?’ र ‘मैले सुसमाचारको कामदारको रूपमा पूरा गर्नुपर्ने मिसन पूरा गरेको छु कि छुइनँ ?’ भनी आफूलाई फर्केर हेर्दै पूर्ण र परिपक्व विश्वास लिऔं ।
परमेश्वरले स्वर्गमा इनामहरू छन् भनेर भन्नुभएको छ (प्रका २२:१२) । हामीले ‘परमेश्वरले मेरो लागि बलिदान गर्नुभएकाले म पनि उहाँको त्यो अनुग्रहलाई चुकाउनको निम्ति बलिदान गर्नेछु’ भन्ने किसिमको मानसिकता लिएर कार्य गऱ्यौं निश्चय नै इनाम पाउनेछौं । इनाम पाउनकै लागि भनेर कार्य नगरेको भए पनि स्वर्ग गएर इनाम पाउनु भनेको कति राम्रो कुरा हो नि, होइन र ? हामीले ‘मैले सुसमाचारको निम्ति बलिदान र प्रेम कत्तिको रोपेको छु होला’ भनी फर्केर हेर्दै आफैलाई जाँच्ने समय लिनुपर्छ । अनि ‘स्वर्गमा गएर थुप्रै इनामहरू पाउनको लागि मैले यतिसम्म गर्नैपर्छ’ भन्ने अठोट लिई आफैलाई तालिम दिनुपर्छ । यसरी हामीलाई दृढ संकल्प र आत्म-चिन्तनका साथ स्वर्गतर्फ अगि बढ्न उत्प्रेरित गर्ने विश्वास साँच्चै प्रशंसनीय छ । हामीहरू परमेश्वर, आन साङ होङज्यूले अति नै प्रेम गर्नुहुने सन्तहरू बनेर सधैँ आफूलाई फर्केर हेर्ने विश्वास लिऔं ।
परमेश्वरका छोरा-छोरीहरू हुनु भनेको साँच्चै उत्कृष्ट कुरा हो । परमेश्वरले, हामीहरू स्वर्ग-राज्यमा ‘राजकीय पूजाहारीगिरी’ बन्नेछौं भनी प्रतिज्ञा गर्नुभएको छ (१ पत्र २:९) । त्यसैकारण, हामीले आफूसँग भएको कुरालाई सामान्य नठानीकन बलजफतीसाथ पक्रनुपर्छ ।
तिमीले धैर्यको मेरो वचन पालन गरेका हुनाले, तिमीलाई परीक्षाको त्यस बेलादेखि म बचाउनेछु, … म चाँड़ै आइरहेछु । तिमीसँग जे छ त्यसलाई पक्रिराख, र तिम्रो मुकुट कसैले लिनेछैन । जसले जित्छ, त्यसलाई म मेरा परमेश्वरका मन्दिरको एउटा स्तम्भ बनाउनेछु, र ऊ त्यहाँबाट कहिल्यै बाहिर निस्कनेछैन । प्रका ३:१०-१२
परमेश्वरका जन भएअनुरूप, हामीले हाम्रो विश्वास जोगाउने मात्र नभएर परमेश्वरका हरेक वचनहरू पनि पालना गर्नुपर्छ । हामीहरू नम्र, भक्तिपूर्ण र पवित्र हुनुपर्छ । हामीले भातृप्रेम गर्नुपर्छ र मरिरहेका ती थुप्रै आत्माहरूलाई दया देखाउन पनि जान्नुपर्छ। दाजुभाइ-दिदीबहिनीहरूले एक-अर्काप्रति मनमा रिस राखेर आपसमा झैँझगडा गर्छन् भने त्यस्ता अशोभनीय व्यवहारले परमेश्वरप्रतिको वफादारितामा समर्पित गर्नुपर्ने समय खेर फाल्छ । हामीहरू, धेरै मानिसहरूमाझ परमेश्वरको महिमा प्रदर्शन गर्नको लागि बोलावट पाएका व्यक्तिहरू हौं । त्यसैले यदि हामीले यो कार्यमलाई बेवास्ता गर्यौं भने हामीले आफूसँग भएका कुराहरू गुमाउन पुग्नेछौं । तसर्थ हामीले पाएको आशिष्लाई बलजफतीसँग पक्रिराखेर परमेश्वरका छोरा-छोरीको रूपमा कार्य गरी जोश र उत्साहका साथ अगि बढ्नुपर्छ ।
त्यसैकारण पिताले हामीलाई “जे रोप्छौ त्यसैको कटनी गर्नेछौ” भन्ने शिक्षा दिनुभयो । हामीले प्रेम रोप्यौं भने प्रेमको सन्तान भएअनुरूप प्रशस्त फल फलाउनेछौं । अनि हामीले असल र अनुग्रहात्मक बोली बोल्यौं भने थुप्रै अनुग्रहात्मक कुराहरू फैलिएर दाजुभाइ-दिदीबहिनीबीच भएका सबै नकारात्मक व्यवहारहरू पनि राम्रो कुरामा परिणत हुन सक्छन् । असल बोलीहरू सुनेर अनि असल कार्यहरू देखेर मानिसहरू ती उदाहरणहरूलाई पछ्याउन प्रेरित हुन्छन् । यो नै, परमेश्वरले दिनुभएका प्रत्येक वचनलाई बलजफतीसँग पक्रेमा मात्र हामीहरू अनन्त स्वर्ग-राज्यतर्फ अगि बढ्न सक्छौं भन्ने वचन होइन र ?
हामीहरू प्रेम र सत्यता रोपेर धेरै मानिसहरूलाई प्रेमद्वारा डोऱ्याऔं । अनि जब हामी स्वर्ग-राज्यमा प्रवेश गर्छौं तब हामीले प्रेमको इनाम र जोशको इनाम पनि पाउनेछौं । स्वर्गमा थुप्रै इनामहरू तयार पारिएका छन् । हामीले यस पृथ्वीमा जे रोप्छौं त्यसैअनुसारको कटनी गर्नेछौं । यस पृथ्वीमा इनाम पाउँदा खुशी भएजस्तै, स्वर्गमा गएर इनाम पाउँदा झन् बढी खुशीले गदगद हुनेछौं । परमेश्वरले प्रतिज्ञा गर्नुभएजस्तै, यहाँहरूले रोप्नुभएअनुसारै इनाम पाउन पनि सक्नुहुन्छ, इनाम गुमाउन पनि सक्नुहुन्छ । त्यसैले आफ्नो इनाम गुमाउने होइनकि उल्टै प्रशस्त इनाम पाउने विश्वासीहरू बन्नुहोस् । प्रेम र सत्यता प्रचुर मात्रामा रोपेर दाना फल प्रशस्त फलाई स्वर्गमा गएर पिताबाट प्रशस्त इनाम पाउने सन्तहरू हुनुहोस् भन्ने चाहन्छु ।
यहाँहरूले एक-अर्कालाई प्रेम गर्दै, सहयोग गर्दै सुसमाचारको निम्ति कडा परिश्रम गर्नुभएको त्यो स्वरूप साँच्चै सुन्दर छ । त्यसरी प्रेम रोपेको प्रतिफल नै स्वर्गमा गएर पिताबाट यहाँहरूले पाउनुहुने इनाम हो । यहाँहरू सबै परिश्रमका साथ प्रेम रोपेर प्रेमको फल प्रशस्त फलाउने सन्तहरू बन्नुहुनेछ भन्ने आशा गर्दछु । धेरै-धेरै धन्यवाद। अनि माया गर्छु ।