
मेरो जन्म पादरीको परिवारमा भयो । मेरो परिवारमा बुबा, हजुरबुबा, जिजुबुबा र जिजुबुबाको पनि बुबा, सबै जना पादरी कर्मचारीहरू हुनुहुन्थ्यो । त्यसैले म स्वभाविक रूपमा परमेश्वरको भयमा हुर्किंदै मण्डली जान थालें र बाइबलसँग परिचित भएँ । मेरो उमेरका साथीहरूको तुलनामा म आफूलाई धर्मी ठान्थें ।
विश्वविद्यालयमा अध्ययन गर्दैगर्दा, मण्डलीबाट सिकेका कुराहरू सत्य हो कि मण्डलीको रीतिरिवाज र परम्परा मात्र हो भनेर मैले आफैलाई प्रश्न गर्न थालें । यसको उत्तर खोज्ने क्रममा, परमेश्वरको मण्डलीका सन्तहरूसँग मेरो भेट भयो । उहाँहरूले मलाई बाइबलद्वारा देखाउनुभएको वचन सुनेर आश्चर्यचकित भएँ । किनभने योचाहिँ मैले पहिला कहिल्यै नसुनेको सत्यता थियो । येशूज्यू क्रूसमा टाँगिनुभएको अघिल्लो रातमा उहाँ स्वयम्ले निस्तार-चाड मान्नुभएको दृश्य देख्दा म छक्क परें । मेरा बुबा पास्टर हुनुभएकोले, मैले मेरो जीवनको अधिकांश समय मण्डलीमै बिताएको भए तापनि येशूज्यूले निस्तार-चाड मान्नुभएर हामीलाई पनि मान्न आग्रह गर्नुभएको कुरा पहिला कहिल्यै सुनेको थिइनँ । येशूज्यूले निस्तार-चाड मान्नुभएकोले मलाई पनि निस्तार-चाड मान्ने इच्छा भयो ।
बाइबललाई विश्वास गर्ने भएकोले बाइबलबाटै शबाथ-दिन शनिबार हो भन्ने कुरा थाहा पाउँदा मैले त्यसलाई इन्कार गर्नै सकिनँ । किनभने त्यो निश्चय नै पालन गर्नुपर्ने परमेश्वरको शिक्षा थियो । धार्मिक पृष्ठभूमिमा हुर्किंएको कारण मैले परमेश्वरको मण्डलीमा सिकेका शिक्षाहरूलाई अन्य मण्डलीका शिक्षाहरूसँग तुलना गरें, तर अन्तमा परमेश्वरको मण्डली नै साँचो मण्डली रहेको कुरा थाहा पाएँ ।
मलाई सबैभन्दा प्रभावित तुल्याएको कुरा नै माता परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने यथार्थता थियो । विगतको समयमा ख्रीष्टियान भएकोले बाइबल गहिरिएर अध्ययन गरे तापनि मण्डलीमा सिकाइएका विषयहरूमा कमी रहेको कुरा मलाई सधैँ महसुस हुन्थ्यो । विशेष गरी प्रकाश अध्याय २१ र अध्याय २२मा उल्लेखित नयाँ यरूशलेमको अगमवाणी एकदमै महत्त्वपूर्ण लाग्थ्यो, तर तिनीहरूले त्यो महत्त्वपूर्ण अगमवाणीलाई हलुकासँग व्याख्या गर्थे । यसमा अझ धेरै रहस्यहरू छ भन्ने कुरा मनन गर्ने क्रममा, परमेश्वरको मण्डलीमा नयाँ यरूशलेम, थुमाकी पत्नी नै हाम्री स्वर्गीय माता परमेश्वर हुनुहुन्छ भन्ने यथार्थता थाहा पाउन सकें । त्यो समयमा छरपष्ट भएका सबै पहेलीहरू सुल्झिएजस्तै महसुस भयो ।

बाइबलचाहिँ परमेश्वरको वचन हो । यदि बाइबल परमेश्वरले लेख्नुभएको हो भने संसारका सबैभन्दा चतुर, विद्वान् र धार्मिक नेताहरूलाई समेत थाहा नभएका सत्यताहरू बाइबलमा हुनुपर्छ । बाइबलद्वारा माता परमेश्वरको विषयमा अध्ययन गर्दा, माता परमेश्वर नै सत्यताको रहस्य हुनुहुन्छ भन्ने कुरा महसुस भयो । बाइबलका असङ्ख्य पद र अगमवाणीहरूले मुक्तिचाहिँ माता परमेश्वरद्वारा दिइन्छ भनेर गवाही दिएको छ । यदि ती पद र माता परमेश्वरको विषयमा गरिएका अगमवाणीहरूलाई हटाउने हो भने परमेश्वरको मुक्तिको योजनालाई कदापि बुझ्न सकिँदैन । उत्पत्तिको पहिलो अध्याय र प्रकाशको अन्तिम अध्यायद्वारा माता परमेश्वर देखा पर्नुभएको कुरा थाहा पाउँदा म एकदमै प्रभावित भएँ । बाइबलको सुरुदेखि अन्त्यसम्मै माता परमेश्वर निश्चित अस्तित्वमा हुनुहुन्छ भन्ने कुरा गवाही दिइएको छ ।
बाइबल अध्ययन गर्दा माता परमेश्वरलाई विश्वास गर्न सजिलो थियो, तर शरीरमा आउनुभएकी माता परमेश्वरलाई विश्वास गर्नचाहिँ अलि गाह्रो भयो । २,००० वर्षअघि थुप्रै धार्मिक नेता र इस्राएलीहरूले येशूज्यूलाई इन्कार गरे । योचाहिँ येशूज्यूसम्बन्धी अगमवाणीहरू अस्पष्ट भएकोले होइनकि ती धार्मिक नेताहरू आफैले सिकेका र बुझेका कुराहरूमा अडिग भएकोले गर्दा थियो । तिनीहरू आफ्नो सोचाइ र सिद्धान्तमा अडिग थिए । यो इतिहास हेरेपछि परमेश्वरप्रतिको मेरो सोचाइ अडिग रहेछ भन्ने कुरा महसुस भयो । यसरी आफ्नो सीमित सोचाइ, धारणा वा अनुमानलाई फालेर परमेश्वरको भय मान्ने विश्वासका साथ उहाँलाई ग्रहण गर्नुपर्छ भन्ने कुरा महसुस भयो ।
यदि कसैलाई माता परमेश्वर विश्वास गर्न गाह्रो भइरहेको छ भने आफ्नो वरिपरिको सृष्टिका थोकहरूलाई हेर्नुहोस् । परमेश्वरले सृष्टि गर्नुभएका प्रत्येक थोकमा आमाको अस्तित्व छ । आमाबाट जीवनको निरन्तरता हुने वास्तविकताचाहिँ सृष्टिकर्ताले दिनुभएको अपरिवर्तनीय नियम हो । के परमेश्वरले सबै कुरा त्यसरी सृष्टि गर्नुमा कुनै कारण छैन होला र ? योद्वारा परमेश्वरले हामीलाई कस्तो शिक्षा दिन चाहनुभएको होला ? बाइबलमा सम्पूर्ण थोकहरूमा परमेश्वरको ईश्वरीय स्वरूप देख्न सकिन्छ भनिएको छ । आफ्नो सन्तानलाई जीवन दिनुहुने आमाको अस्तित्व नै यस्तो प्रणाली सृष्टि गर्नुहुने परमेश्वर नारी स्वरूपमा पनि अस्तित्वमा हुनुहुन्छ भन्ने स्पष्ट प्रमाण हो ।
बाल्यकालदेखि नै पिता परमेश्वर एक जना मात्र हुनुहुन्छ भनेर विश्वास गर्दै हुर्केका मानिसहरू धेरै भएकाले उनीहरूले सोही कुरालाई सत्य ठान्छन् । तर अझसम्म पनि हामीले थाहा नपाएका कुराहरू महसुस गर्नको निम्ति हामी नम्र र बुद्धिमान् हुनुपर्छ । किनकि सत्यता के हो भन्ने कुरा परमेश्वरलाई मात्र थाहा छ । परमेश्वरले बाइबलमा माता परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने कुरा गवाही दिनुभएकोले हामीले आफ्नो सीमित अनुभव वा ज्ञानलाई भन्दा परमेश्वरको वचनलाई आफ्नो मापदण्डको रूपमा प्रयोग गर्नुपर्छ ।

म अहिले सत्यता थाहा पाउनअघिको तुलनामा अझ खुशी, सकारात्मक र साहसिलो भएको छु । विगतमा मैले जीवनमा सही निर्णय लिन सक्छु कि सक्दिनँ, वा सही तरिकाले जिउन सक्छु कि सक्दिनँ भनेर चिन्ता लिने गर्थें । तर परमेश्वरको आज्ञाहरू सिकेर सही तरिकाले पालन गर्न थालेपछि म एकदमै खुशी भएको छु, र परमेश्वरको सन्तानको रूपमा बहुमूल्य जीवन पाएर स्वर्गीय घर फर्कंन सक्ने भएको छु ।
यदि यहाँहरू परमेश्वरको मण्डली जानेबारे सोच्दैहुनुहुन्छ भने एक पटक बाइबल अध्ययन गर्न अनुरोध गर्छु । बाइबल अध्ययन गर्दा परमेश्वरले हाम्रो निम्ति गर्नुभएको कुरा थाहा पाउन सक्नुहुनेछ । विशेष गरी मण्डलीको वातावरण सहज महसुस गर्नको निम्ति आराधना नभएको दिनमा मण्डलीका सन्तहरूलाई भेट्न परमेश्वरको मण्डली भ्रमण गरिहेर्नुहोस् । परमेश्वरको मण्डलीमा सबै जनालाई स्वागत छ र यहाँ सबै जनाले आत्मिक र शारीरिक दुवै रूपमा सित्तैँमा दिइने परमेश्वरको अनुग्रह र प्रेम प्रचुर मात्रामा प्राप्त गर्न सक्नुहुनेछ ।
मण्डली जानु भनेको आराधना गर्नु हो, र आराधना गर्नु भनेकोचाहिँ परमेश्वरलाई आफ्नो मन र प्रेम अर्पण गर्नु हो । यदि परमेश्वर चिनेको छैन अथवा आराधना गर्ने तरिका थाहा छैन भने सम्पूर्ण मनद्वारा आराधना गर्न सकिँदैन । अन्ततः आफूले गरेको आराधनाको माध्यमद्वारा परमेश्वर प्रसन्न हुनुभयो कि भएन भन्ने कुरा थाहा नपाएर चिन्तित हुन पुगिन्छ । तर परमेश्वरको मण्डलीमा बाइबलका वचनहरू पूर्ण रूपमा अध्ययन गऱ्यो भने परमेश्वरलाई सही तरिकाले आराधना गर्न सकिन्छ र अन्ततः अनन्त जीवनको आशिष् र आत्मविश्वासले हृदय भरिनेछ ।