जीवनको महान् लक्ष्य

18578भ्यु
विषयसूची

विश्वविद्यालयबाट स्नातक गर्नुअघि मैले मेरो जीवनको लक्ष्यबारे सोचें । सुरुमा मैले दीर्घकालीन लक्ष्य बनाएँ, र त्यसलाई फेरि अल्पकालीन लक्ष्यहरूमा बाँडें । तर एउटा अवरोध आइपऱ्यो । मेरो जीवनको अन्तिम लक्ष्य के हो भन्नेबारे म बिलकुल अनभिज्ञ थिएँ । म आफैलाई सोध्थें, ‘यो पृथ्वीमा जन्मनुअघि म कस्तो अवस्थामा थिएँ ? किन म यो संसारमा जिइरहेको छु ? यो जीवन समाप्त भएपछि के हुन्छ होला ?’ यी प्रश्नहरूको उत्तर पत्ता नलगाएसम्म मैले मेरो जीवनको लक्ष्य कहिल्यै जान्न सक्दिनँ जस्तो लाग्थ्यो ।

सानैदेखि म रोमन क्याथोलिक मण्डलीमा जाने गर्थें । तर त्यहाँ मैले मेरो आत्माको विषयमा कहिल्यै केही जानिनँ । त्यहाँ केवल मानव निर्मित सिद्धान्तहरू मात्र सिकाइन्थ्यो । जब मैले रोमन क्याथोलिक मण्डलीको इतिहास र त्यसले विगतमा गरेको करतूतहरू थाहा पाएँ, तब मलाई घनचक्कर लाग्यो र मैले त्यो मण्डली जानै छोडिदिएँ । यद्यपि अझै पनि मचाहिँ आत्मासम्बन्धी प्रश्नहरूका उत्तर खोजिरहेकोले मैले, दर्शनशास्त्रमा संलग्न केही मानिसहरू, लगायत आफूलाई आध्यात्मिक ठान्ने केही मानिसहरूसँग मैले लामै कुराकानी गरें । तर तीमध्ये कसैले पनि मलाई चित्तबुझ्दो उत्तर दिन सकेनन्, र त्यो प्रश्नचाहिँ दार्शनिक दृष्टिकोणबाट सुल्झिन सक्ने विषय भए तापनि कतैबाट पनि स्पष्ट उत्तर नआएकोले मैले योचाहिँ खोजीसाद्दे नहुने मामिला होला भन्ठान्न पुगें । यसकारण परमेश्वरको मण्डलीका सन्तहरूसित पहिलो चोटि भेट भएर बाइबलको वचन सुन्दा पनि मैले खासै ठूलो अपेक्षा गरेको चाहिँ थिइनँ ।

तर अचम्मको कुरा, जब उहाँहरूले मलाई बाइबलको वचन पढाउँदैजानुभयो, तब मैले अपेक्षा गरेको भन्दा बिलकुलै फरक महसुस पाएँ । उहाँहरूले विनम्रतासाथ र दह्रो आत्मविश्वासका साथ मलाई वचन पढाउनुभयो । सातौँ दिन शबाथको सन्दर्भबाट सुरु गर्नुहुँदै उहाँहरूले मलाई आत्माको विषयमा छर्लङ्गै बुझाइदिनुभयो । सायद मेरो पेशा नै त्यस्तै खालको भएर होला, मचाहिँ शत प्रतिशत विश्वास नलागुञ्जेल दिक्कै लाग्नेसम्म प्रश्न सोध्ने गर्छु । मैले उहाँहरूलाई पनि अनेक प्रश्नहरू गरें । मेरा प्रत्येक प्रश्नहरूको चित्तबुझ्दो उत्तर सबै बाइबलीय प्रमाणसहित बुझाइदिने व्यक्तिचाहिँ तिनै परमेश्वरको मण्डलीका सन्तहरू मात्र हुनुहुन्थ्यो । आत्माको उत्पत्तिबारे नजानेर निराश भएको मैले जब यो कुरा थाहा पाएँ तब म खुशीले गद्गद् भएँ । त्यसपछि त बाइबल अध्ययन गरेका ती समयहरू मलाई बहुमूल्य गाडधन पाएजस्तै महसुस भयो ।

दोस्रो चोटि बाइबल अध्यय गरेपछि मैले बप्तिस्मा लिने निर्णय गरें । त्यस बेला जर्मनीमा अवस्थित परमेश्वरको मण्डली यति सानो थियो, कि त्यहाँ छुट्टै बप्तिस्मा कोठासमेत थिएन । त्यो सानो र जीर्ण देखिए तापनि त्यहाँ सत्यता छ भन्ने कुरामा म विश्वस्त भएँ । आध्यात्मिक सिद्धान्तभन्दा बिलकुल फरक, बाइबलमा उल्लेखित परमेश्वरको सत्य वचन मात्र सिकाउने मण्डलीचाहिँ केवल परमेश्वरको मण्डली मात्र थियो ।

परमेश्वरको मण्डलीमा विश्वासको जीवन सुरु गर्ने क्रममा, परमेश्वरको मण्डली अन्य मण्डलीहरूभन्दा बिलकुलै फरक देखेर म छक्क परें । बाइबलको अगमवाणीअनुसार दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यूले स्थापना गर्नुभएको नयाँ करारको सत्यतालाई अमूल्य ठानेर मान्ने मण्डली नै परमेश्वरको मण्डली हो । यी सबै कुराहरूले परमेश्वरको मण्डलीलाई विशेष बनाएको छ । के आन साङ होङज्यू साँच्चै नै दोस्रो आगमनका ख्रीष्ट हुनुहुन्छ, भन्ने कुरा जान्नका लागि मैले बाइबलका अगमवाणीलाई गहिरिएर अध्ययन गरें । वास्तवमै हामीले आन साङ होङज्यूलाई विश्वास गर्नु तर्कसङ्गत रहेको कुरा महसुस गरें ।

माता परमेश्वरको विषयमा पहिलो पटक सुन्दा, मेरो आत्माले लामो समयदेखि स्वर्गीय माताको तिर्सना गरेझैँ आभास भयो । हामीचाहिँ पिता परमेश्वर र माता परमेश्वरका आत्मिक परिवार हौं भन्ने कुरा थाहा पाएपछि मैले, परमेश्वरसँगको सम्बन्धलाई अझ राम्ररी बुझ्न सकें । जीवन विज्ञानको क्षेत्रमा काम गर्ने व्यक्ति भएकोले मलाई, जीवन जन्मने प्रक्रियामा आमाको महत्त्वपूर्ण भूमिका हुन्छ भन्ने कुरा पहिल्यैदेखि थाहा थियो । विस्तारित दृष्टिकोणबाट मात्र होइन तर कोषिका विज्ञानको दृष्टिकोणबाट पनि जीवन जन्माउने कार्यमा आमाको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । माइटोकोन्ड्रियाचाहिँ ऊर्जाको स्रोत हो, जसलाई ‘कोषिकाहरूको पावर प्लान्ट’ भन्ने गरिन्छ, यो एक विशेष आनुवंशिक सामग्री हो, जुन आमाबाट मात्र हस्तान्तरण हुन्छ । सृष्टिको यो प्रबन्धद्वारा मैले आत्माको जीवनको निम्ति अत्यावश्यक रहेको माता परमेश्वरको अस्तित्वलाई सजिलै बुझ्न सकें ।

जब म र मेरी पत्नी बुबा-आमा बन्यौं, तब बच्चाको आवश्यकतालाई पूर्ति गर्नमै केन्द्रित हुँदै मेरी पत्नीको जीवन पूरै परिवर्तन भयो । बच्चाले सानो आवाज निकाल्दा समेत ब्यूँझिहाल्ने मेरी पत्नीले रातमा समेत राम्ररी सुत्न पाउँदिनथिन् । म मस्त निदाउँदा पनि उनी भने रातभरि बच्चाको हेरचाह गरिरहेकी हुन्थिन् । उनको आनीबानीमा आएको परिवर्तन देख्दा, सधैँ आफ्ना सन्तानहरूको हेरचाह गर्नुहुने माता परमेश्वरको मनलाई मैले बुझ्न सकें ।

अहिले मैले साँचो परमेश्वरलाई ग्रहण गरेर सत्यता महसुस गरेको हुनाले म जीवनको लक्ष्यप्रति अनभिज्ञ भई भौंतारिनुपरेको छैन । किनभने यो पृथ्वीमा जिउँदा हाम्रो आत्मिक जीवनको उद्देश्य भनेकै आत्माको घर फर्किनु हो भन्ने कुरालाई मैले महसुस गरेको छु । अहिलेचाहिँ म स्वर्गको आशा गर्दै, परमेश्वरको सन्तान भएअनुरूप शारीरिक र आत्मिक जीवन ईमानदार भएर जिउन प्रयत्न गर्दैछु । मेरो वरपरका मानिसहरूले मेरो परिवर्तित स्वरूप देखेर सकारात्मक टीका-टिप्पणी गर्ने गर्छन् ।

मैले अझै पनि परमेश्वरको मण्डलीमा विशेष अनुभव गरिरहेको छु । परमेश्वरको मण्डलीचाहिँ परमेश्वरको मुक्तिको प्रतिज्ञा गरिएको एकमात्र मण्डली हो । यो ठाउँमा मेरो विश्वास व्यर्थ हुनेछैन भन्ने कुरामा म विश्वस्त छु । यदि यहाँहरूलाई आन साङ होङज्यू परमेश्वर र माता परमेश्वरमाथि विश्वास गर्न गाह्रो लाग्छ भने कृपया उहाँहरूलाई शारीरिक दृष्टिकोणबाट होइन तर बाइबलको दृष्टिकोणबाट हेर्नुहुन अनुरोध गर्दछु । यदि हामीले परमेश्वरप्रतिको अडिग सोचाइलाई हटाएर अगमवाणीको आँखाले हेऱ्यौं भने हामीले ख्रीष्टलाई चिन्न सक्नेछौं । हामी सबैले स्वर्गको निश्चित आशा बोकेर परमेश्वरको मण्डलीमा विश्वासको जीवन जियौं भने स्वर्गको आशा र सबै महत्त्वपूर्ण लक्ष्यहरू अवश्य प्राप्त गर्न सक्नेछौं भनी विश्वास गर्दछु ।