परमेश्वरलाई ‘पिता’ भनेर पुकारिनाले कस्तो अर्थ बोकेको छ ?

4165भ्यु
विषयसूची

परमेश्वरलाई ‘पिता’ भनेर पुकारिनाले हामी परमेश्वरका सन्तान हौं भन्ने कुरा, अनि माताको अस्तित्व छ भन्ने कुरा पनि बुझाउँछ ।

शाब्दिक रूपमा बुबाले, सन्तान भएको पुरुषलाई जनाउँछ । यसकारण परमेश्वरलाई ‘पिता’ भनेर पुकारिनाले परमेश्वरका सन्तानहरू छन् भन्ने अर्थ बुझाउँछ । वास्तवमा बाइबलले हामी परमेश्वरका सन्तान हौं भनेको छ (मत्ती ६:९; २ कोर ६:१७-१८) । के बुबा एकलैले सन्तान जन्माउन सक्नुहुन्छ र ? आमा हुनुहुन्न भने सन्तान हुन सक्दैन, र सन्तान छैन भने कुनै पुरुष बुबा बन्न सक्दैनन् । आमा भएमा मात्र बुबा भन्ने सम्बोधन अस्तित्वमा रहन सक्छ । तसर्थ पिता परमेश्वर भन्ने सम्बोधनले परमेश्वरको सन्तान र माता परमेश्वरको अस्तित्वलाई दर्शाउँदछ । स्वर्गमा हाम्री माता हुनुहुन्छ भनेर बाइबलले गवाही दिएको छ (गला ४:२६) । यो पृथ्वीको परिवारमा बुबा र सन्तान मात्र होइन तर आमा पनि हुन्छ । त्यसै गरी स्वर्गको परिवारमा पनि पिता परमेश्वर र परमेश्वरका सन्तान मात्र होइन तर माता परमेश्वर पनि हुनुहुन्छ ।