के पिता परमेश्वर मात्र हुनुहुन्छ होला ?

3092भ्यु
विषयसूची

बाइबलमा पिता परमेश्वर मात्र होइनकि माता परमेश्वर पनि हुनुहुन्छ । परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा, “हामी मानिसलाई हाम्रै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं” भन्नुभयो (उत १:२६, सरल नेपाली बाइबल) । यदि पिता परमेश्वर मात्र अस्तित्वमा हुनुभएको भए उहाँले “म मानिसलाई मेरै स्वरूपमा, मेरै प्रतिरूपमा बनाउँछु” भन्नुहुनेथियो । तर उहाँले “हामी” भन्नुभएको हुनाले पिता परमेश्वर मात्र हुनुहुन्छ भन्न मिल्दैन ।

त्यसोभए किन परमेश्वरले “हामी” भन्नुभएको होला ? यसपछिको पदमा हेर्ने हो भने परमेश्वरको स्वरूपमा बनिएका मानिस नर र नारी सृष्टि भए (उत १:२७)। अर्थात् परमेश्वर पनि नर स्वरूप र नारी स्वरूपमा अस्तित्वमा हुनुहुन्छ भन्ने कुरा हो । फेरि भन्नुपर्दा पिता परमेश्वर र माता परमेश्वरले सँगै मानव-जातिलाई सृष्टि गर्नुभयो ।