माता परमेश्वर को हुनुहुन्छ ?

1103भ्यु
विषयसूची

माता परमेश्वरचाहिँ पिता परमेश्वर सँगसँगै सब थोक सृष्टि गर्नुभएका सृष्टिकर्ता परमेश्वर, र मानव-जातिका मुक्तिदाता हुनुहुन्छ । ६ दिनमा यावत् थोक सृष्टि गर्नुभएका परमेश्वरलाई उत्पत्तिको पुस्तकमा ‘हामी’ भनेर बहुवचनमा अभिव्यक्त गरिएको छ (उत १:२६, सरल नेपाली बाइबल) । अनि परमेश्वरले, बाबेलको धरहराको निर्माण कार्य रोक्नुहुँदा, अथवा अगमवक्तालाई पठाउनुहुँदा पनि “हामी तल ओर्लेर गई” र “हाम्रा निम्ति को जाने ?” भन्नुभएको छ (उत ११:७-८; यशै ६:८) । यो नै ‘हामी’ भन्नुभएका पिता परमेश्वर र माता परमेश्वरले सृष्टिको कार्यदेखि सँगसँगै कार्य गर्नुभएर, अहिले पनि मुक्तिको कार्य सँगै गर्दैहुनुहुन्छ भन्ने कुराको प्रमाण हो ।