एलोहिम भनेको के हो ?

1031भ्यु
विषयसूची

हिब्रू भाषामा ‘एलोहिम’ भनेको बहुवचन शब्द हो, जसले ‘परमेश्वरहरू’ भन्ने अर्थ बोकेको छ । हिब्रू भाषामा लिखित पुरानो करार मूल ग्रन्थमा, परमेश्वरलाई जनाउने शब्दलाई प्रायः ‘एलोहिम’ भनिएको छ । ‘परमेश्वर’ अथवा ‘ईश्वर’लाई एकवचनमा ‘एल्’ अथवा ‘एलोहा’को सट्टामा ‘एलोहा’को बहुवचन शब्द एलोहिम भनेर करीब २,५०० पटक प्रयोग गरिएको छ । यसले, परमेश्वरचाहिँ केवल पिता परमेश्वर मात्र चाहिँ अस्तित्वमा हुनुहुन्न भन्ने अर्थ हो । त्यसैले परमेश्वरले आफूलाई ‘हामी’ भनेर बहुवचनमा व्यक्त गर्नुभएको हो (उत १:२६, सरल नेपाली)।