जाति-जातिहरू बाँच्ने मार्ग खोज्दै, सियोनतिर

1920भ्यु
विषयसूची

येशूज्यूले भन्नुभयो, “तिमीहरू धर्मशास्त्रमा खोजी गर्दछौ, किनभने त्यहाँ अनन्त जीवन पाइन्छ भनी तिमीहरू ठान्छौ । मेरो विषयमा गवाही दिने ती नै धर्मशास्त्र हुन्” (यूह ५:३९) । अर्थात् अनन्त जीवन पाउनको निम्ति, यो पृथ्वीमा शरीरमा आउनुहुने परमेश्वरलाई भेट्न जानुपर्छ भन्ने वचन हो ।

जुनसुकै मण्डलीले अनन्त जीवन दिन सक्दैन तर परमेश्वर वास गर्नुहुने ठाउँमा मात्र अनन्त जीवनको आशिष् पाउन सकिन्छ । चाड मनाइने सियोन सहरमा शक्तिशाली परमेश्वर हामीहरूसँग रहनुहुन्छ (भज ३३:२०-२१) । साप्ताहिक चाड रहेको शबाथ-दिन, वार्षिक चाड रहेको निस्तार-चाड, अखमिरी रोटीको चाड, अगौटे फलको चाड, साताहरूको चाड, तुरहीको चाड, प्रायश्चितको दिन र छाप्रो-वासको चाड जस्ता ३ चरणका ७ वटा चाडहरूचाहिँ सियोनमा प्रदान गरिएको अनन्त जीवनका सत्यता हुन् (लेवी अध्याय २३) । तीमध्ये निस्तार-चाडचाहिँ येशूज्यूले रोटी र दाखमद्यलाई आफ्नो देह र रगत भन्नुहुँदै “यो खायौ भने तिमीहरूले अनन्त जीवन पाउनेछौ” भनेर प्रतिज्ञा गर्नुभएको दिन हो । निस्तार-चाडद्वारा परमेश्वरको सन्तान र उहाँसँग एउटै शरीर भएकाहरूमा परमेश्वरको देह र रगत भएकोले विपत्ति आए तापनि तिनीहरूबाट पार भएर जान्छ । परमेश्वरले “तँ मेरै होस् । तँ नदीहरूबाट भएर जाँदा तिनले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट हिँडेर जाँदा डढ्‌नेछैनस्” भन्नुभएको छ (यशै ४३:१-३) ।

विपत्ति आउनुको कारणचाहिँ मानिसहरूले परमेश्वरको वचनलाई त्यागेकाले गर्दा हो । त्यसैले मुक्ति पाउनको निम्ति हामीले परमेश्वरको वचनलाई पछ्याउनुपर्छ, जसले जीवनको मार्गमा डोऱ्याउँछ र जीवन दिन्छ । कसै-कसैले निस्तार-चाड रद्द भयो भन्ने गर्छन्, यद्यपि परमेश्वरले आफ्ना प्रजालाई यो चाड पुस्तौँसम्म मान्नू भनेर आज्ञा गर्नुभएको छ (प्रस १२:११-१४) । निस्तार-चाडचाहिँ येशूज्यूले आफू क्रूसमा मृत्यु भोग्नुभन्दा ठीकअघि छोड्नुभएको उहाँको अन्तिम इच्छा हो (१ कोर ५:७-८; लूक २२:१५) ।

हामीलाई अनन्त परमेश्वरको पवित्र शरीरमा सहभागी गराएर सदाकाल जिउने गराउने आश्चर्यजनक सत्यता नयाँ करार निस्तार-चाड लिएर येशूज्यू पहिलो पल्ट आउनुभएको थियो, र उहाँ सोही निस्तार-चाड लिएर यो युगमा दोस्रो पल्ट आउनुभएको छ । हामीले नयाँ करार निस्तार-चाड लिएर आउनुभएका आन साङ होङज्यूको बारेमा प्रचार गर्नुपर्छ, तब मानिसहरूले उहाँलाई विश्वास गर्नेछन् । यशैया २:२-३मा “सबै जातिहरू जीवनको मार्ग सिक्नलाई सियोनतिर, यरूशलेमतिर ओइरिएर आउनेछन्” भनिएको छ । यो वचनमा भनिएजस्तै जाति-जातिहरू ढुकुरझैँ उडेर कोरियातिर गइरहेका छन् । परमेश्वरले पूर्वको पल्लो छेउको देश कोरियामा निस्तार-चाड नल्याउनुभएसम्म मानिसहरू अनन्त जीवनको वचन सुन्न नपाएर आत्मिक तृष्णाले छटपटाइरहेका थिए । तर अहिले परमेश्वर र उहाँको मुक्तिको अनुग्रहको तिर्सना गर्दै धेरै जाति-जातिहरू “म पनि जानेछु” भन्दै ओइरिएर आइरहेका छन् (आमो ८:११; जक ८:२०-२३) ।

नोआको समयमा परमेश्वरले “जहाजभित्र जाओ” भन्नुभएको थियो, र यो वर्तमान समयमा चाहिँ बाइबलमा “विपत्ति आउनुअघि सियोनतिर भागेर जाओ” भनिएको छ (यर ४:५-६) । सियोनचाहिँ सबैभन्दा सुरक्षित मुक्तिको जहाज हो । सियोनमा नयाँ करार निस्तार-चाड लिएर परमेश्वर आन साङ होङ नाउँमा आउनुभएर मृत्युलाई निलिदिनुहुन्छ । हामीले, अनन्त जीवनको सत्यता लिएर आउनुहुनेको प्रतीक्षा गऱ्यौं, र परमेश्वर बाइबलमा लुकेको जीवनको सत्यता निस्तार-चाड लिएर सियोनमा आउनुभयो (यशै २५:६-९) । हामी साँच्चै कति धन्यका छौं !

परमेश्वरले सियोनमा झार्नुभएको आशिष् धेरै मानिसहरूसित बाँडेर उनीहरूलाई पनि मुक्तिमा डोऱ्याऔं । तुँवालो र शीतजस्तै एकैछिन रहेर बिलाइजाने मानव-जातिले बाँचुञ्जेल परमेश्वरलाई विश्वास गर्नुपर्छ, र मुक्तिको निम्ति तयारी गर्ने जीवन जिउनुपर्छ । हामीले सुनाएनौं भने कसले यो मुक्तिको खबर सुन्न सक्छ र ? अनि कसरी मानिसहरू सियोनमा आउन सक्छन् र ? परमेश्वरको तर्फबाट उनीहरूलाई ब्यूँझाउने कर्तव्य हामीहरूको हो । हामीले सुनाए तापनि यदि तिनीहरू आउँदैनन् भनेता त्यो तिनीहरूको विचार हो, यद्यपि हामीले चाहिँ आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । परमेश्वरले “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर !” भन्नुभएको छ (इज ३:१७; रोम १०:१३-१५) ।

परमेश्वरसमेत स्वर्गबाट हराएका सन्तानहरूलाई खोज्न यो पृथ्वीमा आउनुभयो, अनि स्वर्गारोहण हुने बेलामा “चाड मनाइने सियोनमा घोषणा गरिएको मुक्तिको खबर, अर्थात् विपत्तिबाट बचेर अनन्त जीवन पाइने नयाँ करार निस्तार-चाड लगनशीलताका साथ प्रचार गर्नू” भनी अनुरोध गर्नुभयो । जागिरेहरूले कार्यस्थलमा, विद्यार्थीहरूले विद्यालयमा, सैनिकहरूले सैन्य क्षेत्रमा र गृहिणीहरूले छरछिमेकमा परमेश्वरको प्रेमको वचन यथाशीघ्र सुनाएर धेरै मानिसहरूलाई बचाई मुक्तिमा डोऱ्याऔं । यसो गर्दै, परमेश्वरबाट धेरै प्रेम र इनाम पाउने सन्तानहरू हुन सकौं ।