- “प्रेम बाँड्नको निम्ति हामीले सुन्दर मन लिएर असल कार्य गर्नुपर्छ र सुन्दर बोली बोल्दै खाँचोमा परेका छिमेकीहरूलाई सहयोग गर्नुपर्छ ।”
- “परमेश्वर ज्योति हुनुभएकोले हामीले पनि ज्योतिका सन्तानको रूपमा धेरै मानिसहरूमाझ परमेश्वरको प्रेम र सत्यताको ज्योति चम्काउनुपर्छ ।”
- “छोरा-छोरीहरू बुबा-आमासँग मिल्दोजुल्दो भएजस्तै, परमेश्वरका छोरा-छोरीहरू पनि परमेश्वरसँग मिल्ने प्रेमको स्वरूपमा नयाँ गरी जन्मिनुपर्छ ।”
- “जब हाम्रो स्वभाव सुन्दर रूपले परिवर्तन हुन्छ तब हामी पूर्ण स्वर्गदूत बन्नेछौं ।”
“प्रेम बाँड्नको निम्ति हामीले सुन्दर मन लिएर असल कार्य गर्नुपर्छ र सुन्दर बोली बोल्दै खाँचोमा परेका छिमेकीहरूलाई सहयोग गर्नुपर्छ ।”
प्रेम सहनशील हुन्छ र दयालु हुन्छ । प्रेमले डाह गर्दैन, न शेखी गर्छ । प्रेमले आफ्नै कुरामा जिद्दी गर्दैन तर अरूको बारेमा पहिला सोचिदिन्छ (१ कोर १३:४-७)। हामीचाहिँ परमेश्वरको सन्तान भएकाले बोली, कार्य लगायत सम्पूर्ण कुरामा संसारको नून र ज्योति हुनुपर्छ ।
हामीले निस्तार-चाडद्वारा मानिसहरूलाई अनन्त जीवन दिने साँचो प्रेम बाँडिरहेका छौं । यस्तो प्रेम बाँड्नका लागि हामीले सुन्दर मन लिएर असल कार्य गर्नुपर्छ र सुन्दर बोली बोल्दै खाँचोमा परेका छिमेकीहरूलाई सहयोग गर्नुपर्छ । प्रेमलाई व्यवहारमा लागू गरिहेरौं । प्रेम दिने अभ्यास गर्दा त्यसलाई बानी बनाउन सकिन्छ । अनि प्रार्थना गर्दै त्यसलाई व्यवहारमा लागू गर्दा परमेश्वरले त्यो प्रयत्नलाई हेर्नुभएर उहाँको सुन्दर सन्तानको रूपमा परिवर्तन गर्नुहुन्छ ।
माताको वचन, “नयाँ गरी जन्मेमा मात्र स्वर्गीय राज्य प्रवेश गर्न सकिन्छ”
“परमेश्वर ज्योति हुनुभएकोले हामीले पनि ज्योतिका सन्तानको रूपमा धेरै मानिसहरूमाझ परमेश्वरको प्रेम र सत्यताको ज्योति चम्काउनुपर्छ ।”
हराएकाहरूलाई खोज्नका लागि पिता यो पृथ्वीमा आउनुभयो र हरेक परिस्थितिमा सुसमाचार सुनाउनुभयो । परमेश्वर ज्योति हुनुभएकोले हामीले पनि ज्योतिका सन्तानको रूपमा धेरै मानिसहरूमाझ परमेश्वरको प्रेम र सत्यताको ज्योति चम्काउनुपर्छ । इनाम दिनुहुने परमेश्वरलाई विश्वास गर्दै समय र बेसमयमा प्रचार गर्नुपर्छ, र मानिसहरूले चाहे सुनून् वा नसुनून् तर हामीले चाहिँ परिश्रमसाथ प्रचार गर्नुपर्छ । त्यसो गरेमा बल्ल परमेश्वरले हामीलाई इनाम दिनुहुनेछ ।
“वचन प्रचार गर, समय र बेसमयमा तत्पर बस, अर्ती देऊ, हप्काऊ, उत्साह देऊ र धैर्यमा र शिक्षा दिने कुरामा नचुक । … तिमीचाहिँ दह्रिला होऊ । कष्ट भोग, प्रचारकको काम गर, र तिम्रो सेवाको काम पूरा गर ।” २ तिमो ४:१-८
नयाँ करारको सुसमाचार सुनाउँदा नरक जान निश्चित भएका आत्माहरूले अनन्त जीवन पाउनेछन् र स्वर्गमा राजकीय पूजाहारीको रूपमा स्वर्गीय उत्तराधिकार पाउनेछन् । साथै स्वर्गमा सबै कुराको प्रतिफल पाइनेछ ।
“छोरा-छोरीहरू बुबा-आमासँग मिल्दोजुल्दो भएजस्तै, परमेश्वरका छोरा-छोरीहरू पनि परमेश्वरसँग मिल्ने प्रेमको स्वरूपमा नयाँ गरी जन्मिनुपर्छ ।”
छोरा-छोरीहरू बुबा-आमासँग मिल्दोजुल्दो भएजस्तै, परमेश्वरका छोरा-छोरीहरू पनि परमेश्वरसँग मिल्ने प्रेमको स्वरूपमा नयाँ गरी जन्मिनुपर्छ (यूह ३:३) । परमेश्वरले हामीलाई दिनुभएको प्रेमचाहिँ, स्वर्गमा मृत्युजन्य पाप गरेर अनन्त मृत्युमा जानुपर्ने सन्तानहरूको सट्टामा परमेश्वर स्वयम्ले मृत्यु भोग्नुभएर आफ्नो अमूल्य रगतद्वारा हामीलाई बचाउनुभएको सर्वोत्तम प्रेम हो । यस्तो प्रेम थाहा पाएका हामी परमेश्वरलाई विश्वास गर्छौं, र स्वर्गसम्मै उहाँलाई पछ्याउँछौं ।
प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्वरबाट आउँछ । जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो, र परमेश्वरलाई चिन्छ । प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ । १ यूह ४:७-८
माताको वचन, “नयाँ गरी जन्मेमा मात्र स्वर्गीय राज्य प्रवेश गर्न सकिन्छ”
“जब हाम्रो स्वभाव सुन्दर रूपले परिवर्तन हुन्छ तब हामी पूर्ण स्वर्गदूत बन्नेछौं ।”
“त्यो घराना प्रेरितहरू र अगमवक्ताहरूको जगमाथि बसालेर निर्माण भएको छ, र ख्रीष्ट येशू आफैचाहिँ मुख्य कुने-ढुङ्गो हुनुहुन्छ । उहाँमा पूरै घर ठीकसँग एकैसाथ जोडिएर प्रभुमा एउटै पवित्र मन्दिर हुनलाई बढ्दैजान्छ । अनि पवित्र आत्मामा परमेश्वरको वासस्थान हुनलाई तिमीहरू पनि उहाँमा एकसाथ निर्माण हुँदैजान्छौ ।” एफि २:२०-२२
हामीचाहिँ पवित्र आत्माको इच्छाभित्र पवित्र मन्दिर हुनलाई एकसाथ निर्माण भएका छौं । परमेश्वरले हामीलाई एकतामा रहेर स्वर्गमा आओ भन्नुभएकोले, एकतामा रहनका निम्ति कदापि इन्कार गर्नुहुँदैन । हाम्रो स्वभाव सुन्दर रूपमा परिवर्तन भएमा बल्ल हामी पूर्ण स्वर्गदूत बन्नेछौं ।
तर हाम्रो नागरिकता स्वर्गमा छ । … उहाँले, जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन सक्नुहुन्छ, हाम्रा हीन शरीरलाई आफ्नै महिमाको शरीरजस्तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ । फिलि ३:२०-२१
परमेश्वरले हाम्रो हीन शरीरलाई उहाँको जस्तै महिमित शरीरमा परिवर्तन गर्नुहुनेभएकोले एकताबद्ध होऔं, र परमेश्वरको सन्तानको रूपमा असल कार्य गर्दै उदाहरणीय सन्तान बनौं ।