- परमेश्वरले हामी प्रत्येकको निम्ति इनाम तयार पार्नुहुँदै “हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ” भन्नुभयो ।
- परमेश्वरले “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर !” भन्नुभयो ।
- “नरक जानुबाहेक अर्को विकल्प नभएका आत्माहरूलाई स्वर्गतर्फ डोऱ्याउने व्यक्तिलाई परमेश्वरले झन् कति प्रेम गर्नुहुन्छ होला ?”
- ‘मैले कसो गरेमा ठूलो इनाम पाउन सक्छु ?’ भन्ने कुरा सोच्दै आजैबाट इनाम पाउने कार्य परिश्रमसाथ गरौं ।
परमेश्वरले हामी प्रत्येकको निम्ति इनाम तयार पार्नुहुँदै “हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ” भन्नुभयो ।
स्वर्ग गएपछि सबैले इनाम पाउनेछन् । इनाम पाउनुचाहिँ खुशीको कुरा हो । परिश्रम गर्नेहरूले इनाम पाउनेछन् । परमेश्वरले हामी प्रत्येकको निम्ति इनाम तयार पार्नुहुँदै “हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ” भन्नुभयो ।
“हेर, म चाँडै आउँदैछु । हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ ।” प्रका २२:१२
यो संसारमा विभिन्न किसिमका इनामहरू छन् । त्यसोभए असीमित विशाल स्वर्गीय राज्यमा झन् कति धेरै इनामहरू छन् होला ? परमेश्वरले हामीलाई नोआलाई जस्तै आज्ञाकारिताको इनाम, मोशालाई जस्तै धैर्यताको इनाम दिनुहुनेछ । उहाँले हामीलाई अब्राहामलाई जस्तै विश्वासको इनाम, आशिष्को मूल्य बुझेका याकूबलाई जस्तै इनाम, दाऊदलाई जस्तै साहसको इनाम र सोलोमनलाई जस्तै बुद्धिको इनाम दिनुहुनेछ । गिदोनलाई जस्तै योद्धाको इनाम, दानिएलका तीन साथीहरूलाई जस्तै विश्वासको इनाम, यहोशूलाई जस्तै साहसको इनाम, पत्रुसलाई जस्तै वफादरिताको इनाम र प्रेरित पावललाई जस्तै धैर्यताको इनाम दिनुहुनेछ । फलको इनाम, नम्रताको इनाम, भक्तिको इनाम, दयाको इनाम, विचारशीलताको इनाम, आदरको इनाम, व्यवस्थापनको इनाम, सेवाको इनाम, प्रेमको इनाम … यसरी परमेश्वरले हामीलाई असंख्य इनामहरू दिनुहुनेछ । यहाँसम्म कि प्रचारकहरूलाई एक कचौरा चिसो पानी दियो भने पनि इनाम दिइनेछ भनिएको छ । त्यसोभए परमेश्वरसँगै सुसमाचारको कार्य गर्ने सियोनका सन्तानहरूलाई झन् कति ठूलो इनाम दिनुहुन्छ होला !
परमेश्वरले “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर !” भन्नुभयो ।
सियोनमा झारिदिनुभएको आशिष् धेरै मानिसहरूलाई थाहा दिएर उनीहरूलाई पनि मुक्तिको मार्गमा डोऱ्याउने हामीहरू हुनुपर्छ । जीवनचाहिँ एकैछिन देखा पर्ने तुवाँलो र बिहानको शीतजस्तै भए पनि हामीले जीवन जिउने क्रममा परमेश्वरमा विश्वास गर्दै मुक्तिको निम्ति तयारी गर्नुपर्छ । यदि हामीले प्रचार नगर्ने हो भने कसले यस्तो अद्भुत मुक्तिको खबर सुन्न सक्छ र ? अनि उनीहरू कसरी सियोनमा आउन सक्छन् र ?
“हे मानिसको छोरो, मैले तँलाई इस्राएलका घरानाको पहरादार तुल्याएको छु । यसैले मैले भनेको कुरा सुन् अनि तिनीहरूलाई मबाट चेताउनी तैंले दे ।” इज ३:१७
परमेश्वरको तर्फबाट उनीहरूलाई जागा गराउने कर्तव्य हाम्रो हो । उनीहरू चाहे आऊन् वा नआऊन्, त्योचाहिँ उनीहरूको विचार हो । तर हामीले भने आफ्नो कर्तव्य पूरा गर्नुपर्छ । परमेश्वरले “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर !” भन्नुभएको छ (रोम १०:१३-१५) ।
“नरक जानुबाहेक अर्को विकल्प नभएका आत्माहरूलाई स्वर्गतर्फ डोऱ्याउने व्यक्तिलाई परमेश्वरले झन् कति प्रेम गर्नुहुन्छ होला ?”
सुसमाचार गर्ने क्रममा प्रायः कष्ट भोग्न पुगिन्छ । तर ती कष्टहरूद्वारा अन्ततः स्वर्गीय महिमा प्राप्त गर्न सकिने भएकोले यसलाई लाभदायक कष्ट भनिन्छ । असल कार्य गर्दै कष्ट भोग्ने मानिसको नाउँचाहिँ चम्किलो गरी चम्कनेछ । स्वर्गबाट हराएकाहरूलाई खोजेर स्वर्ग-राज्य पुनः प्राप्त गर्नको निम्ति सामरियादेखि पृथ्वीको अन्तिम छेउसम्म सुसमाचार प्रचार गर्नेहरूचाहिँ आत्मिक स्वतन्त्रता अभियन्ता हुन् ।
मर्नुबाहेक अर्को विकल्प नभएकाहरूलाई बचाउन हिँड्ने पाउहरू कति सुन्दर होलान् ? अनि नरकको सजाय भोग्न निश्चित भएका आत्माहरूलाई स्वर्गतिर डोऱ्याउने व्यक्तिहरूलाई परमेश्वरले झन् कति धेरै प्रेम गर्नुहुन्छ होला ? त्यसैले परमेश्वरले त्यस्ता मानिसहरूलाई राजकीय पूजाहारी बनाउनेछु भन्नुभयो । दिनहुँ नयाँ कुरा सृष्टि हुने स्वर्गीय राज्यमा अनन्तकाल जिए तापनि थकाई लाग्नेछैन । परमेश्वरसँग एउटै टेबिलमा खाने र पिउने अनि आकाशगङ्गाभरि लगातार भोज हुने स्वर्गीय राज्यमा जसरी पनि जाऔं ।
“ताकि मेरो राज्यमा तिमीहरू मेरो टेबिलमा खाने र पिउनेछौ, र इस्राएलका बाह्रै कुलको न्याय गरेर सिंहासनहरूमा बस्नेछौ ।” लूक २२:३०
माताको वचन, “नयाँ गरी जन्मेमा मात्र स्वर्गीय राज्य प्रवेश गर्न सकिन्छ”
‘मैले कसो गरेमा ठूलो इनाम पाउन सक्छु ?’ भन्ने कुरा सोच्दै आजैबाट इनाम पाउने कार्य परिश्रमसाथ गरौं ।
परमेश्वरले नयाँ करारद्वारा हामीलाई एउटै शरीर बनाउनुभएर अनन्त स्वर्गीय राज्यमा डोऱ्याउनुहुन्छ । अनि उहाँले हामीहरू विशाल ब्रह्माण्ड र आकाशगङ्गाका ताराहरूमा उहाँसँगै यात्रा गर्नेछौं भनेर पनि भन्नुभएको छ । यदि हामी स्वतन्त्रताको महिमित भूमि, कलह नभएको प्रेमपूर्ण ठाउँ र दिनदिनै नयाँ कुराहरू सृष्टि भएर खुशी पोखिने सुन्दर देशमा जान चाहन्छौं भने दाग र खोटरहित हुनुपर्छ ।
“तर उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको बाटो हेर्छौं, जसमा धार्मिकताले वास गर्छ । यसकारण प्रिय हो, तिमीहरू यी कुराको प्रतीक्षा गर्नेहरू भएका हुनाले, उहाँको दृष्टिमा तिमीहरू दाग वा खोट नभएकाहरू र शान्तिमा बस्नेहरू हुन प्रयत्न गर ।” २ पत्र ३:६-१४
अबचाहिँ ‘मैले कसो गरेमा धेरै इनाम पाउन सक्छु ?’ भन्ने कुरा सोच्दै आजैबाट इनाम पाउने कार्य परिश्रमसाथ गरौं । अनि हराएका भाइ-बहिनीहरूलाई खोजेर प्रेमद्वारा हेरचाह र सेवा गर्दै, स्वर्गीय राज्य डोऱ्याऔं र परमेश्वरलाई प्रसन्न तुल्याउने कार्य गर्दै उहाँले तयार पार्नुभएको धेरै इनामहरू पाउने हामीहरू होऔं ।