About

माता परमेश्वरको विषयमा

बाइबलको पहिलो अध्याय(उत्पत्ति अध्याय १)मा, पिता परमेश्वरसँगै
मानिसलाई बनाउनुहुने सृष्टिकर्ताचाहिँ माता परमेश्वर हुनुहुन्छ ।

बाइबलको अन्तिम अध्याय(प्रकाश अध्याय २२)मा, पिता परमेश्वरसँगै
जीवनको पानी दिनुहुने मुक्तिदाताचाहिँ माता परमेश्वर हुनुहुन्छ ।

लामो समयदेखि मानव-जातिले परमेश्वरलाई
“हाम्रा पिता” भनी पुकार्दैआएका छन् ।

तर बाइबलको सुरुदेखि अन्त्यसम्म हेर्ने हो भने
पिता परमेश्वर मात्र होइनकि
माता परमेश्वर पनि हुनुहुन्छ
भनेर गवाही दिइएको छ ।

माता जहाँ हुनुहुन्छ,
त्यहाँ जीवन, प्रेम, आनन्द,
शान्ति, सान्त्वना र विश्राम हुन्छ ।
अहिले भनेको हामीले
‘हाम्री आमा’ अर्थात् माता परमेश्वरलाई
भेट्ने समय हो ।