विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ

1035भ्यु
विषयसूची

अहिलेसम्म प्रभात र साँझमा लगनशीलतापूर्वक प्रार्थना गर्दै सुसमाचार प्रचार गर्न कडा परिश्रम गरिदिनुभएकोमा धन्यवाद । विश्वभरिका सबै जना एकै मनका हुनुभएकाले सुसमाचारप्रतिको जोश एकदमै प्रबल देखिन्छ । आखिरमा हाम्रा स्वर्गीय परिवारलाई खोज्नुजत्तिको खुसी हामीलाई अरू कुनै पनि कुराले दिन सक्दैन । हाम्रा स्वर्गीय परिवारहरू खोजिएका कहानीहरू एकदमै सुन्दर र प्रेमपूर्ण छ ।

एक आत्मा बचाउनु साँच्चै हर्षपूर्ण र उत्कृष्ट कार्य हो । अनि सुसमाचार प्रचार गर्दा धेरै हाँसो र खुसी बाँड्ने भएकोले पनि यो एकदमै हर्षपूर्ण कार्य हो जस्तो लाग्छ । हामीले एक आत्मा बचाउँदा त्यो एक आत्मा मात्र बाँच्ने होइनकि हामी आफैँ पनि बाँच्छौं, अनि स्वर्ग प्रवेश गरेपछि हामीले पिताबाट इनाम पाउँछौं । उहाँले “हेर, म चाँडै आउँदैछु । हेरक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ” भन्नुभएको छ (प्रका २२:१२) । हामीलाई अनन्त मृत्युबाट बचाउनुभएर अनन्त स्वर्गतर्फ डोऱ्याउनुभएका, साथै ब्रह्माण्ड र ताराहरूको संसारमा यात्रा गर्ने महिमामा प्रवेश गर्न अनुमति दिनुभएका पितालाई धन्यवाद चढाऔं ।

बाइबलमा “विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ । किनकि जो परमेश्वरको नजिक आउँछ, त्यसले परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नुहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का विश्वास गर्नुपर्छ” (हिब ११:६) भनिएको छ । विश्वासअनुसार कार्य गरेमा चमत्कार देख्न सकिन्छ भन्ने कुरा परमेश्वरले धेरै अगमवक्ताहरूमार्फत देखाइदिनुभएको छ । नोआ, अब्राहाम, मोशा, दानिएल र तिनका तीन साथीहरू … तिनीहरू हामीभन्दा फरक भएकाले चमत्कार देखका होइनन्के, तिनीहरूले आफ्नो विश्वासअनुसार कार्य गरेका थिए । परमेश्वरको इच्छा मात्र पछ्यायो भने उहाँले सुरक्षा गर्नुहुनेछ भनी विश्वास गरेका थिए, साथै सबै कार्य तिनीहरूको विश्वासअनुसार हुनेछ भनी तिनीहरूले विश्वास गरेका थिए । हामीमा पनि विश्वास छ भने हामीले चमत्कार देख्न सक्छौं । त्यसैले हामीमा दृढ विश्वास हुन जरुरी छ । अनि विश्वासलाई व्यवहारमा पनि लागू गर्नुपर्छ । कुनै पनि कुरा थाहा हुनु र त्यसलाई व्यवहारमा लागू गर्नुमा ठूलो भिन्नता हुन्छ । हामी परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ भनी विश्वास गर्छौं । त्यसोभए हामीले परमेश्वरको वचन पछ्याउँदा के उहाँ प्रसन्न हुनुहुन्न होला र ?

परमेश्वरप्रति विश्वासयोग्य हुनुमा एकदमै महत्त्वपूर्ण कुरा समावेश छ । त्यो नै ‘विश्वास गर्छौ भने त्यसलाई व्यवहारमा लागू गर्नू’ भन्ने कुरा हो । पिताले, विश्वासलाई व्यवहारमा लागू गर्नु नै आफ्नो सम्पूर्ण अस्तित्वलाई डोऱ्याउने कार्य हो भन्ने शिक्षा दिनुभएको छ । प्रेरित पावलले “मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ । जसले आफ्नो पापमय स्वभावको निम्ति रोप्तछ, त्यसले पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ । तर जसले आत्माको निम्ति रोप्तछ, त्यसले आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ” (गला ६:७-८) भनेर लेखेका छन् । हामीमा आउने शारीरिक विचारहरू उत्पन्न हुन थाल्यो भने त्यसले हामीलाई परमेश्वरको वचनमा अनाज्ञाकारी हुने गराउँछ । यो नै परमेश्वरले एकदमै घृणा गर्नुहुने कुरा हो । उहाँले, चिसो न तातो तर मनतातोलाई चाहिँ उकेलिदिनुहुनेछ भन्नुभएको छ (प्रका ३:१६) । त्यसैकारण हामीहरू सधैँ जागा र सचेत रहनुपर्छ । परमेश्वरको वचनले हामीलाई अनन्त जीवन दिन्छ भन्ने कुरामा विश्वस्त भएर उहाँको वचन पालन गरौं ।

अहिले हामी छाप्रो-वासको चाडको युगमा छौं । बाइबलमा, छाप्रो-वासको चाड नमान्नेहरूमाथि रूडि प्रहार गरिनेछ भनेर अगमवाणी गरिएको छ (जक १४:१२-१३, १६-१९; सप १:२-३, १४-१७) । तसर्थ हामीले “सियोनमा आएर परमेश्वरमा विश्वास गरी उहाँको चाड मानेर जीवन पाओ” भन्दै मुक्तिको तुरही फुकेर स्वर्गबाट हराएका हाम्रा स्वर्गीय परिवारका सदस्यहरू खोज्ने छाप्रो-वासको चाडको पवित्र आत्माको अभियानलाई जारी राख्नुपर्छ (योए २:१-२) । परमेश्वरले छाप्रो-वासको चाडमा पवित्र आत्मा दिनुहुन्छ भनी विश्वास गरौं । हामीले पवित्र आत्मा पाएका छौं भन्ने विश्वासका साथ प्रचार गऱ्यौं भने फल पनि फल्नेछ । छाप्रो-वासको चाड पवित्र आत्माको अभियानमा सहभागी भयो भने फल फल्ने आश्चर्यको चमत्कार घट्नेछ भनी हामीले दृढ विश्वास गर्नुपर्छ ।

अनन्त करार अर्थात् नयाँ करार निस्तार-चाड पालन नगरेसम्म अनन्त जीवन प्राप्त गर्न सकिँदैन । तर त्यसबारे थाहा नभएकोले नमानिरहेका मानिसहरू पनि भएकाले हामीले उनीहरूलाई जानकारी दिनुपर्छ (यशै २४:१-५; लूक २२:१९-२०; रोम १०:१३-१५) । वचन नसुन्न नपाएको कारण उनीहरूले मुक्ति पाएनन् भने उनीहरूलाई नसुनाएका हामीहरू पनि त्यसको जिम्मेवार हुनुपर्छ । त्यसैले हामीले, उनीहरूले स्पष्टसित सुनेर बुझ्न, विश्वास गर्न र वचनलाई व्यवहारमा लागू गर्न सक्ने गरी स्पष्टसँग तुरही फुक्नुपर्छ (१ कोर १४:८-९) । हामी सबैले “सियोनमा आएर, विपत्तिबाट मुक्त भई र अनन्त जीवन पाउनुहोस्” भनी व्यग्रतापूर्वक सुनाऔं ।

मरिरहेका ती थुप्रै आत्माहरूलाई पश्चात्ताप र मुक्तिमा डोऱ्याउँदा परमेश्वर सबैभन्दा बढी खुसी हुनुहुन्छ । परमेश्वरलाई प्रसन्न तुल्याउनको निम्ति हामीमा विश्वास हुनुपर्छ, अनि त्यही विश्वासले हामीलाई लगनशील भएर सुसमाचारको तुरही फुक्न प्रेरित गर्छ । मुक्तिको जहाज, सियोनमा आएर विपत्तिबाट मुक्त भई अनन्त जीवन पाउनुहोस्, भनेर स्पष्टसित मुक्तिको तुरही फुकौं । यहाँहरू सबैले स्वर्ग प्रवेश गर्ने दिनसम्मै परमेश्वर प्रसन्न हुनुहुने दाना फलहरू प्रशस्त फलाउनुभएर पवित्र आत्मा पनि प्रशस्त पाउनुहुनेछ भनी आशा गर्दछु ।